कृषि समिति सभापतिमा सुवेदी निर्विरोध निर्वाचित

Posted on: 21 Sep, 2018

असोज ५, काठमाडौँ । प्रतिनिधसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिमा पूर्णकुमारी सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ । 


प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७३ को उपनियम (२) बमोजिम सभापतिमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव प्राप्त भएकाले उहाँ सोही नियमको उपनियम (४) बमोजम सर्वसम्मतिले निर्वाचित हुनुभएको हो । 

यसअघि समितिका ज्येष्ठ सदस्य चन्द्रकान्त चौधरीको सभापतित्वमा आज सिहंदरबारमा बसेको बैठकमा समितिका सदस्य शान्ता चौधरीले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने अर्का सदस्य घनश्याम खतिवडाले समर्थन गर्नुभएको थियो । 

आजै पूर्वउपसभामुख सुवेदीले सभामुख कृष्णबहादुर महरासमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभयो । नवनिर्वाचित सभापति यसअघि पहिलो संविधानसभाका उपाध्यक्ष हुनुहुन्थ्यो । विसं २०६४ मा बाँके ४ बाट निर्वाचित उहाँ अहिले प्रतिनिधिसभा सदस्य (समानुपातिक) हुनुहुन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!