सर्लाहीमा किसानको पैसा लिएर धनकौल चिनी मिलका संचालक फरार

Posted on: 01 Jul, 2018

असार १७, सर्लाही | किसानहरुको उखुको रकम भुक्तानी दिन बाँकी राखेर सर्लाहीको धनकौल (पछियारी) स्थित अन्नपुर्ण चिनी उधोगका संचालक फरार भएको छ ।

उधोग संचालकलाई जिल्ला प्रशासन कार्यालय मलंगवामा बोलाएर छलफल गरि किसानको भुक्तानीको व्यवस्था मिलाउन भन्दै पत्र काटेको भएपनि काम अगाडी बढाएको छैन ।उखु खरिद गरे बापत किसानलाई एक रुपैया पनि नदिएका अन्नपुर्ण चिनी उधोगका संचालक राकेश अग्रवाल र ज्ञान प्रसाद भट्टराई सँग सम्पर्क हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चिनी उधोग सर्लाहीमा भएपनि दुवै संचालकहरु काठमाडौंमा बस्दै आएको र फोन समेत बन्द भएकोले उनिहरुलाई जिल्लामा झिकाउन समस्या भएको कार्यालयले बताएको छ ।

उक्त मिलले चालु आर्तिक वर्षको मात्रै ५० करोड रुपैया जति भुक्तानी दिन बाँकी रहेको जनाइएको छ । उधोगले किसानलाई विगतका वर्षहरुको समेत भुक्तानी दिन बाँकी रहेको किसानहरुले गुनासो गरेका छन् । उधोगी सँग सम्पर्क गरि भुक्तानी को लागि छलफल गराउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!