जिल्ला कृषि ज्ञान केन्द्र जुम्लाबाट सञ्चालन हुने

Posted on: 29 Jun, 2018

दान बहादुर बुढा | असार १५, मुगु | अहिलेको जिल्ला कृषि विकास कार्यालयको केही जिम्मेवारी स्थानीय तहमा गए पनि सदरमुकाममा रहने जिल्ला कृषि ज्ञान केन्द्र भने जुम्लाबाट सञ्चालन हुने देखिएको छ ।

सरकारले देश संघीयतामा गई सके पछि जिल्ला कृषि विकास कार्यालय स्थानीय तहमा गाभ्ने र सदरमुकाममा कृषि ज्ञान केन्द्रका रुपमा सञ्चालन गर्ने तयारी गरिरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

 कृषि ज्ञान केन्द्रको सम्पर्क कार्यालय गमगढीमा रहने भए पनि अन्य गतिविधी, आर्थिक कारोवार गर्दा सेवा ग्राहीले जुम्लामा नै पुग्नु पर्ने अवस्था रहेको जिल्ला कृषि विकास कार्यालयका निमित्त बरिष्ठ कृषि विकास अधिकृत रामसुरथ पालले जानकारी दिए । सदरमुकाम गमगढी बाट सेवा लिदा भेग क्षेत्रका सेवाग्राहीले गाउँबाट दुई दिनसम्म हिड्दा सास्ती पाउनु परेको अवस्थामा अहिले ज्ञान केन्द्रबाट लिने सुविधा जुम्लाबाट लिनु पर्ने हुँदा विगत भन्दा झनै सास्ती भोग्नु पर्ने देखिएको छ । गाउँ गाउँमा सिंहदरवार घर घरमा अधिकार भन्ने सरकारको नारा अब नारामा सिमिति हुने देखिएको छ । केन्द्रमा पहल गर्ने नेतृत्व नभएकाले ज्ञान केन्द्रको सबै काम जुम्लाबाट हुने गरि जिल्लामा सम्पर्क कार्यालय मात्र रहने अवस्था आएको जिल्ला कृषि विकास कार्यालयको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!