ग्लोवल एग्रो प्रोडक्ट अर्घाखाँचीले कुखुरा पालक किसानहरुलाई प्रशिक्षीत तालिम

Posted on: 06 Mar, 2018

फाल्गुन २२, अर्घाखाँची | ग्लोवल एग्रो प्रोडक्टले अर्घाखाँची जिल्लामा रहेको कुखुरा पालक किसानहरुलाई प्रशिक्षीत गरेको छ ।

कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको अर्घाखाँचीका कुखुरा पालक किसानहरुको व्यवसायिक विपकासको लागि तालिम प्रदान गरिएको हो । 

जिल्लाका करीव ६ दर्जन किसानहरुको सहभागीता रहेको तालिममा डा विकास पुरीले कुखुरामा लाग्ने रोग र रोकथामको विषयमा सहजीकरण गरेका थिए भने रामकुमार चौहानले व्यवस्थापकिय प्रशिक्षण दिएका थिए ।


कार्यक्रममा ग्लोवल एग्रो प्रोडक्ट प्रा.लि.का बजार निर्देशक कमल पौडेलले कुखुरा पालक किसानहरुको समस्यामा हातेमालो गरेर अगाडी बढ्न संस्था तयार रहेको बताएका थिए । गुणस्तरीय दाना उत्पादनमा कुनै कसर बाँकी नराखिने प्रतिवद्धता व्यक्त गर्दै पौडेलले सवैको साथ सहयोग र सद्भावको अपेक्षा गरेको बताएका थिए ।

तालिममा सहभागी किसानहरुले आफ्ना समस्याक विषयमा खुलेर अन्तरक्रिया गरेको पत्रकार हरि प्रसाद भुसालले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!