व्यावसायीक तरकारी खेती आम्दानीको स्रोत, बाझै नराख्न कृषकलाई अनुरोध

Posted on: 26 Feb, 2018

फाल्गुन १४, अर्घाखाँची | सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष लक्ष्मीनारायण चुँदालीले व्यावसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने भएकाले खेतबारी बाँझै नराख्न कृषकलाई अनुरोध गर्नुभएको छ । 

रोजगारीको लागि खाडीमुलुक जानु भन्दा युवापुस्ताले आफनै बारीमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुपर्ने बताउनुभयो । 

सन्धिखर्क नगरपालिकाको व्यावसायीक तरकारी उत्पादन आयोजना अन्तरगतको मौसमी तथा बेमौसमी तरकारी खेतीको घुम्ती स्थलगत तालिमको आज बिहारमा समापन गर्दै चुँदालीले कृषिमा आधुनिकीकरण गरी थोरै जग्गामा धेरै उत्पादन गरेर  आम्दानी बृद्धि गर्ने  काममा वडा कार्यालयले कृषकलाई भरपुर सहयोग गर्ने बताउनुभयो । 

तालिमका मुख्य प्रशिक्षक जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत नन्दलाल पाण्डेले तालिममा सिकेका कुरा व्यावहारमा उतारेर सबै कृषक व्यावसायीक बन्नुपर्ने बताउनुभयो । तालिममा ३० जना महिला कृषक सहभागी भएको पत्रकार वीरेन्द्र केसीले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!