बाकेमा धान उत्पादनमा बृद्दि

Posted on: 23 Jan, 2018

माघ ९, बाँके |  जिल्लामा यसवर्ष गतवर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयकाअनुसार गत वर्ष ३६ हजार ५०० हेक्टरमा धानखेती गर्दा एक लाख ३६ हजार १४५ मेट्रिक टन उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा एक लाख ३६ हजार २९८ मेट्रिक टन धान उत्पादन भएको छ । 

कृषि विकास कार्यालयका सूचना अधिकारी धनबहादुर पुनका अनुसार जिल्लामा राधा–४ धान (मोटो) र रामधान (मसिनो) को खेती बढी मात्रामा गरिन्छ । यस बाहेक हाइब्रेड धान, श्यामा मन्सुली धान, काला नमकलगायत जातको धानखेती गरिन्छ । 

शीतभण्डार निर्माण गरिँदै 

जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीतभण्डार निर्माणको कार्य भइरहेको छ । नेपालगञ्जका व्यवसायीको एक समूहले करिब रु २० करोडको लागतमा उक्त शीतभण्डार निर्माण शुरु गरेको हो । 

करिब १० हजार टन भण्डारण क्षमताको शीतभण्डार यही फागुनबाट सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको सञ्चालक टंकप्रसाद शर्माले बताउनुभयो । नेपालगञ्जबाट करिब पाँच किलोमिटर पश्चिमतर्फ गुलरिया सडकअन्तर्गत खजुरा नजिक दुई बिगाहा जग्गामा शीतभण्डार निर्माण भइरहेको छ । विसं २०७१ वैशाखदेखि शीतभण्डार निर्माण शुरु गरिएको हो । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!