अलैँचीको मूल्य अब एसएमएसबाट नै प्राप्त

Posted on: 25 Dec, 2017

पुस १०, इलाम । अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । 

अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । 

उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य एसएमएसबाट नै थाहा पाउने भएका हुन् । तर यो व्यवस्था धेरै किसानलाई जानकारी नै छैन । मूल्य थाहा पाउन मोबाइलको म्यासेज बक्समा गई षब बअज दतm लेखेर ३४००१ मा एसएमएस गर्न सकिन्छ । 

अलैँचीको मुख्य कारोबार हुने झापाको बिर्तामोडमा प्रचलित बजार मूल्यका बारेमा थाहा पाइने र षब बअज लेखेर ३४००१ पठाएमा इलाममा रहेको प्रचलित मूल्य थाहा पाउने प्रावधान रहेको अलैँची विकास केन्द्रका वरिष्ठ प्राविधिक अञ्जनीकुमार न्यौपानेले बताउनुभयो । 

किसानले थाहा पाउन बजारै गएर बुझ्नुपर्ने झन्झटबाट मुक्त भइने र बेला बखतमा आफूहरु निक्कै ठगिएको महसुस हुने गरे पनि यस समस्याको केही हदसम्म समाधान भएको रोङ गाउँपालिका– ६ रम्भ्याङ्गका किसान श्याम आचार्यको भनाइ रहेको छ । 

तथापि अलैँची व्यवसायी महासंघले गरेको मूल्य जानकारीको प्रावधान किसानको हितमा नै रहेको किसानको भनाइ रहेको छ । बजारमा पनि अलैँचीको मूल्य व्यापारीले आफूखुशी तोक्ने गरेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!