११ वर्षपछि विदेशबाट फर्केर भैंसी पालन गर्दै प्युठानका एक युवा

Posted on: 05 Mar, 2017


सलिम अन्सारी/फागुन २२, प्युठान । ७ वर्ष कतार, ३वर्ष साउदिमा  र १६ महिना माल्द्धिप्समा काम गरेर घर फर्केका प्युठान  बाङ्गेसाल ४ का मुस्लिम युवा  ३५ वर्षिय सलामत मियाँ व्यावसायीक भैंसीपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन ।

उनले झन्डै १० लाख रुपैयाँ लगानी गरेर 'समिला'भैंसी फार्म दर्ता गरि  खोलेका हुन। बिदेश जानुभन्दा आफ्नै गाउँठाउँमा केही गर्ने उद्धश्य र कृषि तथा पशुपालनबाट जिबिकोपार्जन गर्न सकिने संभावना देखेर ब्याब्सायिक रुपमै भैसिपालन शुरु गरेको उनले बताए । उनले सबै रकम बैकँबाट ॠण काढेर ब्याबसायिक भैंसी पालनमा लगानी गरेको सुनाए ।

 सुरुमा ३ वटा भैंसी किनेर व्यवसाय सुरु गरेका मियाको फार्ममा अहिले ७ वटा भैंसी पुगेका छन् ।२ ओटा मुरा र ५ ओटा दोकल्ला जातको भैंसी रहेको फर्ममा २ ओटा पाडापाडी छ्न । ब्याबसायिक भैसिपालनबाट हौसिएका मिया  सरोकारवालाको सहयोग पाएमा अझै ३ ओटा भैंसी थप्ने सोचमा छन ।

दुध बिक्रिबाट मासिक ५० हाजर भन्दा बढि आम्दानी हुने गरेको मिया  बताउछन । विदेशमा भन्दा स्वदेशमा श्रम गरेमा राम्रो आम्दानी गर्न सकिने देखेपछि अहिले नेपालमा नै भैंसी पाल्न थालेको मियाको भनाइ छ । ‘दैनिक ४० लिटर दुध उत्पादन हुन्छ,’ उनले भने, ‘मैले माग अनुसार दुध पुर्याउन सकेको छैन ।’ ७ वटै भैसि दुहुना रहेको उनले सुनाए ।

यहाँ  भैंसीको दुध खोज्ने ग्राहक धेरै भएकाले बजारकोसमेत समस्या नभएको उनको भनाइ छ । अहिले बजारमा ५५ रुपैयाँ प्रतिलिटरमा दुध बिक्रि हुने गरेको जानकारी दिँदै मियाले माग अनुसार दुध पुर्याउन पनि कठिन भइरहेको बताए । "उत्पादित दुधभन्दा माग दोब्बर छ ।" उनले भने । केही समय अघि देखि शुरु गरिएको भैसिपालन फर्मबाट दैनिक १ हजार ६ सय रुपैया आम्दानी गर्दै आएको उनले बताए ।

खाडी मुलुकमा काम गर्दा गर्दै विदेशमा गर्ने दुःख नेपालमै गर्ने सके मनग्गे आम्दानी गर्न सकिने सोचेर स्वदेश फर्किएर व्यवसायिक भैंसी पालनमा हात हालेको कृषक मियांले बताए । परीवारसँग बसेर कमाएको थोरै रकम पनि धेरै हुने मियाको बुझाई छ । आफूलाई यस ब्यवसायले आत्मसन्तुष्टि मिलेको उनले बताए । 

बाङ्गेसाल ३ स्थित कोलगाँडेमा रहेको आफ्नै जग्गामा आधुनिक गोठ निर्माण गरि भैंसी फार्म खोलेका मियाले स्थानिय सहकारीमा दूध बिक्री गर्दै आएका छ्न । सहकारीले जत्तिपनी दूध खरिद गरिदिने उनले बताए।

भैंसी खरिद,गोठ ब्यबस्थापन र इनार खन्नका लागि ॠण खोजेर फार्ममा लगानी गरिएको उनले बताए । उनले भैंसी गोठ समेत ब्यबस्थित बनाएका छन । गोठ सरसफाइ देखि भैसिलाइ घाँस, दाना र पानी खुवाउने काममा आफुलाइ परिवारले पनि पूर्ण साथ दिने गरेको बताए । 

जिल्ला पशुसेवा कार्यालयले एक थान घाँस काट्ने मेसिन उपलब्ध गराए पनि स्वस्थ, दृष्ट्र्पुष्ट्र बनाउन उनले आफुले पालेको भैंसीलाई नियमित खोप पनि दिने गरेका छन । उनले भैंसी फर्मसंगै ७ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन । गोठमा निस्केको मलमुत्रलाई सदुपयोग गर्न मौसम अनुसारको तरकारी खेती गर्ने योजना समेत रहेको उनले सुनाए ।

सरोकारवाला निकायबाट सहयोग पाए ब्याव्सायलाइ जिल्ला कै नमुना ब्याबसायको रुपमा बिकास गर्ने सोच रहेको उनको भनाइ छ । आफू जस्ता कृषकलाइ राज्यले सहयोग गर्नुपर्ने धारणा उनको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!