बिन्धेबासीनी गाविसमा गहुँ खेतीमा थाहा नभएको रोग देखियो

Posted on: 06 Jan, 2017


कमल रावल/पुस २२, अछाम । अछामको बिन्धेबासीनी गाविसमा गहु खेतीमा थाहा नभएको रोग देखा परेको छ । 

गाविसको वडा नम्बर २, ३ र ४ वडाका किसानहरुले लगाएको गहु खेतीमा थाहा नभएको रोग यसरी एक्कासि देखा परेको हो । यो रोगले आफनो सबै खेतमा रहेको गहु बालि समेत नष्ट भईसकेको किसानले दुखेसो गरेका छन । 

पसाउन थालेको गहुको बोटको भित्रको कम्लो भाग किराले खायर गहु आफै गल्ने गरेको स्थानीय शिक्षक राजगिरि बोहराले बताउनु भयो । यसरी रातारात गहु आफै गलेको देखेर त्यस क्षेत्रका किसान निकै चिन्तीत भएका छन । यसको बारेमा सम्बन्धीत ईलाका कृषि सेवा केन्द्र तथा जिल्ला समेत जानकारी गराईसकेको बोहराले बताउनु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!