सोह्र बालीमा ६४ कृषक पुरस्कृत

Posted on: 31 Dec, 2016

पुस १६, धादिङ । जिल्ला कृषि विकास कार्यालयले १६ बाली÷वस्तु तथा विधाका ६४ कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ । 

धादिङ महोत्सवका अवसरमा आयोजित कृषि मेलामा सहभागी कृषकमध्ये मूल्याङ्कनका आधारमा तिनलाई पुरस्कृत गरिएको हो । सोअनुसार आलु बाली समूहमा सावित्री सुनुवार, खाद्यान्न बाली समूहमा टीका त्रिपाठी, दलहन/तेलहन बाली समूहमा निर्मला समूह, नगदेबाली समूहमा सेम्जोङ साना किसान कृषि सहकारी, केरा बाली समूहमा सीता अधिकारी, सुन्तला बाली समूहमा गोकुल घले र अन्य फलफूल समूहमा नारायण खाँणले प्रथम पुरस्कार प्राप्त गरेका छन् । 

यसैगरी साग तथा कोसेबाली समूहमा तोयाकुमारी खाँण, जरेबाली समूहमा मेनकुमारी रुवाली, फल तरकारी समूहमा धनबहादुर पाठक, काउली बन्दा समूहमा कोमलप्रसाद बिंडारी, माछा समूहमा चन्द्रबहादुर तामाङ, गानो बाली समूहमा कुम्भराज उप्रेती, मसला बाली समूहमा प्रकाश भण्डारी, लहरेबाली समूहमा मेनका आचार्य र विविध समूहमा नारायण घिमिरेले प्रथम पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु एक हजार पाँच सय, रु एक हजार, आठ सय र रु छ सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!