काभ्रेपलाञ्चोक, सिन्धुपालचोक र दोलखामा कृषि उत्पादन लागत सर्वेक्षण हुँदै

Posted on: 25 Dec, 2016

पुस १०, बनेपा । कृषि विकासका लागि योजना तथा नीति निर्माण गर्न र उत्पादन लागत तथ्याङ्क उपलब्ध गराउनका लागि सर्वेक्षण सुरु हुन लागेको छ । 

अनुमानलाई वस्तुपरक बनाउन काभ्रेपलाञ्चोक, सिन्धुपालचोक र दोलखामा सुरु हुन लागेको सर्वेक्षणमा मुख्य बालीको उत्पादन, कृषि सामाग्री तथा श्रमको लागतअनुसार तथ्याङ्क लिन लागिएको काभ्रेपलाञ्चोकका तथ्याङ्क अधिकृत दिनानाथ लम्सालले जानकारी दिनुभयो । 

उहाँका अनुसार धान, मकै, कोदो, फापर बोडी, आलु, तोरीलगायतका उत्पादनको लागत मूल्य सङ्कलन गर्न हिमालबाट सात, पहाडबाट १६ र तराईबाट १५ जिल्ला सर्वेक्षणका लागि छनोट गरिएको छ । 

छनोट भएका प्रत्येक जिल्लामा खेती गरिएको बालीले ढाकेको क्षेत्रको अनुपातमा ग्रामीण, सहरी, व्यावसायिक तथा साना ठूला सबैको प्रतिनिधित्व हुने गरी कृषकको सङ्ख्या निर्धारण गरिएको छ । जसअनुसार हिमालमा २०७, पहाडमा ३८७ र तराईमा ४५५ किसानबाट तथ्याङ्क सङ्कलन गरिने तथ्याङ्क अधिकृत लम्सालको भनाइ छ । 

सर्वेक्षणमा कृषकले कुनै पनि बाली लगाउँदा जमिनको तयारीदेखि बाली भित्र्याउँदासम्म गरिने क्रियाकलापमा हुने विभिन्न खर्चको विवरण सङ्कलन गरिनेछ । 

यस सर्वेक्षणमा विभिन्न खेती गर्ने ३२ सिन्धुपाल्चोकमा ४६ र दोलखामा ४५ कृषक छनोट गरी यही चैतभित्र तथ्याङ्क सङ्कलन गर्ने र आगामी आसारभित्र नतिजा सार्वजकि गर्ने केन्द्रीय तथ्याङ्क विभागको लक्ष्य छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!