अछाममा छाउगोठ भत्काउन गएका प्रहरी हवल्दार कुटिए

Posted on: 02 Feb, 2020

माघ १९, अछाम | नेपाल सरकारले चालेको छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी माथि अछाममा कुटपिट भएको छ | बान्निगढी जयगढ गाउँपालिका–३ धारासैनको लामागाउँमा छाउगोठ भत्काउने जगढ प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैला कुटिएका हुन् |

चाउगोठ भत्काउन गएका प्रहरी हवल्दार कैलामाथी अन्दाजी ५४ वर्षीय धना साउँदले कुटपिट गरेको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार उनको मेरुदण्डमा निलडाम हुनेगरि चोट लागेको छ |

हवल्दार माथि कुटपिट गर्ने साउदलाई  नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!