अछाममा चट्याङ लागेर १८ वर्षिय किशोरीको मृत्यु

Posted on: 17 Apr, 2019

कमल रावल । बैशाख ४ अछाम । मेल्लेख गाउपालिका वडा नम्बर ६ शोडषाको झणिगाउमा चट्याङ लागेर एक किशोरिको ज्यान गएको छ । चट्याङका कारण स्थानिय केवलसिंह बोहराकी १८ बर्षिय छोरी हिउकला कुमारी बोहराको ज्यान गएको हो ।

गाँउ नजिकैको जँगलमा घाँस काट्न गएका बेला पानि परेपछि ओत लाग्न रुखमा अड्ेस लागेका बेला दिउसो करिब साढे २ बजेतिर एक्कासि रुखमा चट्याङ परेपछि घट्नास्थलमै ज्यान गएको मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहराले जानकारी दिनु भयो । चट्याङका कारण अन्य क्षति भने नभएको र मृतक बोहरा स्थानिय नन्देश्वरिमा माबिमा अध्ययनरत रहेको वडा नम्बर ६ का अध्यक्ष नरपति रावलले जानकारी दिनु भयो । यस अघि पनि चट्याङ लागेर अछामको पुल्लेतोलामा २ जनाको ज्यान गएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!