२ दिने नगरस्तरिय च्याउ खेती सम्बन्धी तालिम सुरु

Posted on: 21 Feb, 2019

कमल रावल | फागुन ९, अछाम | च्याउ खेती सम्बन्धी २ दिने नगर स्तरिय तालिमको मंगलसैनमा उदघाट्न गरिएको छ । तालिमको मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले उदघाट्न गर्नु भएको हो । 

बहु क्षेत्रिय पोषण योजना अन्तरगत कृषि बिकास शाखा मंगलसैनको आयोजनामा भएको तालिमको उदघाट्न गर्दै प्रमुख अतिथी उपाध्यायले स्थानिय गाउघरमा उत्पादन हुने उपज स्वास्थ्यका लागि पोषण युक्त हुने भएकाले घरमै उत्पादन हुने खाद्य सबैले प्रयोग गर्नु पर्ने बताउनु भयो । सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य पोषणयुक्त हुने भएकाले गाउघरकै उत्पादीत तरकारी, खानेकुरामा बढि जोड दिनु पर्ने बताउनु भयो । 


च्याउ खेती तालिमले सबैलाई घरमै उत्पादन गर्नका लागि टेवा पुग्ने भएकाले तालिम गरेर मात्र नभई प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । स्वास्थ्य सुखि र समृद्ध परिवार हाम्रो सरोकार, प्रभाबकारी बहुक्षेत्रिय पोषण सेवा जनताको अधिकार भन्ने नारा सहीत सुरु भएको तालिम उदघाटन कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, कृषि शाखाका संयोजक प्रेमराज न्यौपाने, बहृक्षेत्रिय पोषण कार्यक्रमका जिल्ला संयोजक मान बहादुर कुवर, बहुक्षेत्रिय पोषण कार्यक्रमका स्वयमसेवक सिद्धराज ढुगानाको उपस्थिती रहेको थियो । 

नगर भित्रका १४ वडाका २८ जना सुनौला हजार दिन भित्रका महिलाको सहभागिता रहेको उदघाटन कार्यक्रमको संञ्चालन कृषि बिकास शाखाका पुर्ण प्रसाद ढुगानाले गर्नु भएको थियो । तालिम भोलिसम्म चल्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!