कमलबजारलाई स्मार्ट सिटी बनाउने कार्यको सम्भाव्यता अध्ययन तथा योजना छनोट कार्य सुरु

Posted on: 21 Feb, 2019

कमल रावल । फागुन ९, अछाम । अछामको कमलबजार नगरपालिका सहित देशभरका ९३ नगरपालिकालाई एकीकृत शहरी विकास योजना अन्तर्गत स्मार्ट सिटी बनाउने कार्यको सम्भाव्यता अध्ययन तथा योजना छनोट कार्य थालिएको छ । 


नेपाल सरकारले शहरी विकास तथा भवन निर्माण विभाग मार्फत देशका ९३ वटा नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना अघि सारेसंगै अछाम जिल्लाको कमलबजार नगरपालिकालाई स्मार्ट सिटी बनाउन सरकारले छनौट गरेको हो । एउटा शहरका लागि आवश्यक सबै पूर्वाधारको व्यवस्था हुने गरी स्मार्ट सिटीको सम्भाव्यता अध्ययन, योजना छनौट र विकासका कार्यलाई अघि बढाईने सम्भाब्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने जिम्मा पाएको जीयूसी नेपालका प्रतिनिधि देबिलाल पाण्डेले जानकारी दिनुभयो । 


यसका लागि नगरपालिकाका १० वटै वडाका तथा नगरका दीर्घकालीन महत्वका योजना छनौट तथा त्यसको प्राथमिकिकरण गरिएका छन् । विश्व वैंकको आर्थिक सहयोगमा संचालन हुने योजनाको यस चरणमा ६० करोड बजेट बिनियोजन गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!