सडकमाबाट जफत गरिएका सामग्री नगरपालिकाद्वारा लिलाम

Posted on: 19 Feb, 2019

कमल रावल | फागुन ७, अछाम | मंगलसेन नगरपालपकाले गएको बिहिवार मंगलसेन बजारमा बजार अनुगमनका क्रममा सडकमा रहेका जफत गरिएका सामग्रीहरू आज लिलाम गरेको छ । 

सडकमा राखिएका दाल, तरकारी, फलफूल, तेल, क्यारमबोर्ड लगायतका सामग्रीहरू ३२ हजार आठसय ८५ न्यूनतम रकम तोकेर गरिएको लिलाममा बढाबढ गरेर ३३ हजार पाँचसयमा कबोल अन्त्य गरेर लिलाम गरिएको मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद जैसीले जानकारी दिनुभयो ।

सामग्रीको लिलाम अघि प्रशासन कार्यालयमा निमित्त प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलको आथित्यतामा बैठक बसेको थियो । लिलाम प्रक्रियामा जिल्ला प्रहरी कार्यालयका इनिष्पेक्टर शाही सहित कोष तथा नियन्त्रण, घरेलु कार्यालय, पत्रकारको सहभागीता रहेको थियो । नगरपालिकाले बजार अनुगमनलाई अझै प्रभावकारी बनाएर लैजाने बताउँदै आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!