सांसद झपटबहादुर बोहरालाई निलम्बन गर्न सिफारिस

Posted on: 15 Apr, 2021

वैशाख २, कैलाली । नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले केपी ओली पक्षमा प्रवेश गरेका सांसद झपटबहादुर बोहोरालाई माओवादी केन्द्रले कारबाहीका लागि सुदुरपश्चिम प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरेको छ ।

माओवादी केन्द्रले बिहीबार अपरान्ह ४ बजे प्रदेश सचिवालयमा उक्त पत्र दर्ता गरेको हो । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार सचिवालयमा बोहोरालाई कारबाहीका लागि पत्र दर्ता गराएको जानकारी दिए ।

केन्द्रीय कमिटीले यही चैत्र ३१ गते बोहोरालाई कारबाहीका लागि निर्णय गरेको रावलले बताए । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को धारा ३४ अनुसार सांसद पदबाट निष्कासन गरिएको सुचना प्रदेश सचिवालयमा जानकारी गराएको उनले बताए । 

माओवादी केन्द्रको कारवाहीमा परेका बोहोरा अछाम जिल्ला निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटीले गत चैत्र २५ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो । बोहोराले कुनै जवाफ नदिएपछि राजनीतिक दल सम्बन्धी एन अनुसार कार्बाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!