साताको साहित्य पुरस्कार २०१६ मा युवा गजलकार कमल संघर्षको गजल पनि छनोटमा

Posted on: 07 Nov, 2016

कमल रावल, कात्तिक २२, अछाम । साताको साहित्य डटकमले हरेक बर्ष प्रदान गर्ने साताको साहित्य पुरस्कार २०१६ मा युवा गजलकार कमल संघर्षको गजल पनि छनोटमा परेको छ । साताको साहित्यको अफिसियल फेसबुक पेजले सार्वजनिक गरेको उत्कृष्ट अन्तिम तिन रचनाको सुचिमा कमल संघर्षको “गमला पुरानै देखिन्छ फुल नयाँ देखिन्छ“ गजल छनोटमा परेको हो ।

यो सङ्गै छनोटमा पर्नेमा कवि बोनम प्रतापको कविता “म नि सुन्दर थिएँ नि“  र कवि जीवन खत्रीको कविता “एउटा खस्रो चित्र“ पनि अन्तिम तिनमा परेका छन । अष्ट्रेलिया बाट सञ्चालित साताको साहित्य डटकमले हरेक अङ्कमा प्रकाशित रचना मध्ये पाठकले धेरै मन पराएका रचना मध्ये एक रचनालाई नगद २० हजार सम्मान पत्र सहित साताको साहित्य पुरुस्कार प्रदान गर्ने गरेको छ ।

छनोटमा परेका रचना अगष्ट २०१५ देखि जुलार्ई २०१६ सम्म प्रकाशित रचनाहरू मध्येबाट छानिएका हुन् । एक साताभित्र साताको साहित्य पुरस्कारको घोषणा गरिने साताको साहित्य डटकमले उल्लेख गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!