संर्घषको सडक प्रकाशनको अन्तिम तयारीमा

Posted on: 27 Sep, 2016

असोज ११, अछाम | उदयिमान गजलकार कमल संर्घषको गजल संग्रह सडक प्रकाशित हुने भएको छ । अछामका यूवा गजलकार संर्घषको गजल संग्रह सडक प्रकाशनको लागी अन्तिम तयारीमा रहेको छ । 

रचना बाचनले प्रकाशन गर्न लागेको गजल संग्रह सडकको यहि असोज १५ गते बिमोचन हुने भएको छ । काठमाण्डौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा गजलसंग्रहको बिमोचन हुने भएको हो । २०६४÷०६५ साल देखी गजल लेख्न सुरु गरेका संर्घषले पछिल्लो समयमा थुप्रै गजल लेखिसकेका छन । २०६८ सालमा रेडियो रामारोशनमा आबद्ध भएपछि संघर्षको गजल लेखाईलाई अझ बढी तिव्रता दिएका हुन । देशभरीबाट गजलहरु छनोट भएर प्रकाशित भएको गजल संग्रह कैफियत गजल संग्रहमा समेत उहाँका २० वटा गजल प्रकाशति भएका छन । 

२०७० मा मिरमिरे बाट सम्मानित संर्घष २०७१ को अनतराष्ट्रिय नेपाली गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका गजलकार हुन । प्रकाशित हुन लागेको सडक गजल संग्रह उनको पहिलो कृती हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!