गायक राम बहादुर साउदको 'बाज सुवा' गितको छायाकँन सुरु

Posted on: 10 Oct, 2018

कमल रावल | असोज २४, अछाम | मेल्लेख गाउपालिका वडा नम्बर ७  नन्देगडका गायक राम बहादुर साउदले आफ्नो तेस्रो गित “बाज सुवा” को छायाकँन सुरु गर्नु भएको छ । श्री राम फिल्मस धनगढीबाट सार्वजनिक हुने गितको छायाकँन रेडियो रामारोशनको प्रागणमा सुरु गरिएको हो । गायक राम बहादुर साउद, गायिका दिपिका साउदको स्वर र मोडलमा दिपक रावल र सुस्मिता कुवर रहेका छन । 


अछाम जिल्लाका प्रमुख स्थल बैद्यनाथ, साफेबगर, ठुलासैन, रामारोशन र कैलाशखोलाका विभिन्न स्थलमा छायाकँन सहीत १ हप्तामा बजारमा सार्वजिनक गरिने श्री राम फिल्मस धनगढीका निर्देशक अमित विकले बताउनु भयो । विगत लामो समयदेखि सुदुरपश्चिम क्षेत्रमा छायाकँनमा लागि परेकाले सबैको साथ पाएको बताउनु भयो । साथै रेडियो रामारोशनकर्मिका बिचमा आफ्नो नयाँ एफ एक्स सेभ्न क्यामेरा समेत सार्वजनिक सहीत पुजापाठ गरि शुभारम्भ गर्नु भएको थियो । युवा वर्गको माया प्रेमलाई दर्शाएको गित भएकाले सुदुरश्चिमेली शब्दले गित भरिभराउ रहेको गायक राम बहादुर साउदले बताउनु भयो । रेडियो रामारोशनसँग सक्षीप्त कुरा गर्दै उहाँले सबैको माया र साथले गर्दा गायन क्षेत्रमा सफल भएको बताउनु भयो । पहीलो गित गिदाउडो छोरयोटौ, दोस्रो तिजको भाका र अहीले बाजसुवा गित बजारमा ल्याएको जानकारी दिनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!