मंगलसेन नगरपालिकाद्धारा १६ वटा गौरबका योजना सहित अर्थमन्त्रि बोहरालाई मागपत्र पेश

Posted on: 12 May, 2019

कमल रावल | बैशाख २९, अछाम | मंगलसैन नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारलाई १६ वटा गौरबका योजनामा बजेट माग गरेको  छ । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि झपट  बहादुर बोहरा गृहजिल्ला अछाम आएको मौकामा नगरले १६ वटा गौरबका योजनाका लागि माग पत्र पेश गरेको हो । 

आगामि आर्थिक बर्षमा प्रदेश सरकारबाट विनियोजन हुने बजेटमा नगर र  जिल्लाकै गौरबका बिभिन्न  १६ योजनाका लागि कार्यबाहक नगरप्रमुख सरिता उपाध्यायले अनुरोधपत्र अर्थमन्त्रि बोहरालाई बुझाउनु भयो । अनुरोधपत्रमा मंगलसैन–कुन्ती–लोडेघाट सडक, मंगलसैन–बान्नातोलि–रामारोशन पर्यटन सडक, जिल्ला अस्पतालको आधुनिकरण र भौतिक विकास, पर्यटकिय स्थलको विकास एवं प्रबद्र्धन, अछाम क्याम्पसको बृद्धिविकास, मंगलसैन नगरपालिका भीत्र खानेपानीको समस्या समाधानका लागि बृहत खानेपानी योजनाका लागि बजेट  दिनुपर्ने उल्लेख छ । 

यस्तै कृषिमा आधुनिकरण, मंगलसैन नगरभीत्रका १० वटै माविको भौतिक सुधार र प्राविधिक शिक्षाको ब्यावस्था, एक हजार जना अटने सभाहल निर्माण, कर्भडहल र क्रिकेट मैदान  निर्माण, मंगलसैन बजारमा सौर्यस डकबत्ति जडानको योजनाका लागि बजेट माग गरिएको छ । यसैगरि मालिका क्षेत्रमा भ्यू टावर निर्माण, अयरबण्ड क्षेत्रमा पिकनिक स्पोर्ट र पार्क निर्माण, खुल्लामञ्चमा प्याराफिट निर्माण, मंगला प्राविधिक शिक्षालयमा भवन निर्माण, मंगलसैन ३,४ र ५ मा कैलाशखोलाबाट लिफ्ट प्रणालीबाट खानेपानी बिस्तारको योजनामा बजेट उपलब्ध गराईदिन अनुरोध गरिएको छ ।  


अनुरोधपत्र ग्रहण गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बोहराले मागहरु सम्बोधनका लागि आफुले पहल गर्ने बताउनु भयो । जिल्लामै अति आवश्यक जिल्ला अस्पतालको विकास र नगरपालिकाका भित्र समस्याको रुपमा रहेको खानेपानी समस्या पुर्ति गर्ने आश्वासन समेत  दिनुभयो । प्रदेश देखि संघीय सरकारमा पनि आवश्यक योजनाहरु पेश गर्नु पर्ने भन्दै मन्त्री बोहराले पञ्चवर्षिय योजनाका साथ अघि बढने भएकाले सबै क्षेत्रको सुझाब सल्लाह सहित अगाडी बढिरहेको जानकारी गराउँनुभयो । 

नगरपालिकाका जनप्रतिनीधी, कर्मचारी बिच गरिएको छलफलमा मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, लेखा अधिकृत दिपक भण्डारी, अर्थमन्त्रि बोहराको स्वकिय सचिव आदर्श साउद, पँकज शाह लगाएतको उपस्थिीती रहेको थियो । कार्यक्रमको संञ्चालन नरेश बहादुर कठायतले गर्नु भएको थियो । त्यसअघि मन्त्रि बोहराले नेपाल कम्युनिष्ट पार्टिको कार्यालयमा पार्टि कार्यकर्ता भेटघाट, समन्वय समितीमा सबै स्थानिय तहका जनप्रतिनीधी र कर्मचारीसँग साक्षात्कार गर्नु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!