साबधान ! यी पाँच गल्ती,जसले कलेजोको क्यान्सर हुनसक्छ

Posted on: 04 Feb, 2020

एजेन्सी | मानव शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो कलेजो | शरीरमा यसले शरीरमा ५ सयभन्दा बढी काम गर्छ | पाचन नलीबाट आउने रगतलाई शुद्धिकरण गरेर पुरै शरीरमा संचार गराउने यसको मुख्य काम हो | 

बयस्क मानिसमा यसको लम्बाई १५ सेमी -लगभग ६ इन्च) हुन्छ | यसको तौल सावा किलोदेखि डेढ किलोसम्म हुन्छ | यो हाम्रो पेटको दाहिने भागमा हुन्छ |

यसरी हुन्छ कलेजोमा क्यान्सर

१. हेपटाइटिस बि र सिको कारण कलेजो चाडै कमजोर हुन्छ र त्यसले क्यान्सर पनि निम्त्याउँछ |

२. धेरै मदिरा सेवन गर्दा लिभर सिरोसिस नामक रोग लाग्न सक्छ जुन क्यान्सरमा बदलिन्छ |

३.मोटोपनको कारण कलेजोमा बोसो जम्छ | यसले पनि क्यान्सरको जोखिम बढाउँछ |

४. मधुमेहको कारण नन अल्कोहलिक फ्याटी लिभर नामक रोग लाग्न सक्छ, जो क्यान्सरको कारण बन्न सक्छ |

५. डाइललिसस गर्ने व्यक्तिको इन्फेक्सनको कारण कलेजोको क्यान्सर हुने संभावना बढी हुन्छ |

कसरी थाहा पाउने ?

१.पेटको माथिल्लो दाहिने भागमा लगातार पीडा हुनु कलेजोको क्यान्सरको लक्षण हो ।

२.कलेजोको क्यान्सरको कारण पेटमा पानी जम्न थाल्छ ।

३..भोक नलाग्नु, अचानक तौल घट्नु पनि कलेजोको क्यान्सरको लक्षण हुनसक्छ ।

४. कलेजोको क्यान्सरको कारण शरीरमा पहेंलोपन बढ्छ ।

५.नियमित रुपमा ज्वरो आइरहन्छ | महिनौंसम्म उपचारपछि पनि निको हुँदैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!