चिसोबाट बच्न के गर्ने ? खानुहोस यी ५ घरेलु खानेकुरा

Posted on: 25 Dec, 2019

एजेन्सी | पुस लागेसंगै अत्यधिक जाडो बढेको छ भने दैनिक जनजीवन कष्टकर बनेको छ | यस्तो चिसोबाट जोगिनका लागि मानिसले आफ्नो खानपान र स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्दछ | हामीले दैनिक रुपमा चिसोबाट बच्नका लागि विभिन्न प्रहारका खानेकुरा खाने गर्छौं तर यस्ता चिजहरुको ख्याल गरिरहेका हुदैनौ | जसले चिसोबाट बस्न सकिन्छ |


के-के खाने जाडोबाट बच्न हेर्नुहोस :

१. तील : तिलको प्रयोगले जाडो महिनामा न्यानो राख्ने काम मात्र नभई हाम्रो पाचन प्रणालीलाई पनि यसले सफा राख्ने गर्छ | यो हाम्रो भान्सामा सहजै पाइने चिज हो | हामीले ख्याल गरेका हुदैनौ यसका परिकारबाट स्वास्थ्य न्यानो रहन्छ |

२. दालचीनी : दालचीनी पनि हामीले सधै प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाईदा हुन्छ | अझ जाडो महिनामा तातो दुधमा शखर र दालचीनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिदैन् |

३. लसुन : लसुनमा प्रशस्त मात्रामा एंटिबेक्टेरीयल र एंटिभाईरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भाको कोलेस्ट्रोल पनि घटाँउदछ । लसुनको नियमित सेवनले गर्दा टाउँकोमा हुने समस्या पनि कम गर्छ ।

४. बदाम :जाडो महिनामा नियमित बदाम खानाले हाम्रो शरीर न्यानो हुन्छ । यसले स्वास प्रस्वासमा हुने समस्या बाट पनि छुट्कारा दिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाईने हुँदा मोटोपन घटाउन पनि मदत गर्दछ र शरीर फिट राख्न पनि सहयोग गर्दछ ।

५. अदुवा :अदुवा हाम्रो भान्सामा सहजै पाहिले तरकारी अथवा मसला हो । अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाईन्छ जसले चिसो आयाममा स्वास्थ्य रहन सहयोग गर्दछ । यसका साथ साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनाका साथै एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु हटाउन मदत गर्दछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!