विवाह गर्नु अघि तपाईको जीवन साथीसँग यी प्रश्न सोध्न नभुल्नुहोस् !

Posted on: 24 Nov, 2019

एजेन्सी | जीवन साथिसंग हरेक पुरुष तथा महिलाले आफ्नो समय सुखमय बितोस भन्ने चाहन्छन नै | जीवन कुनै एक क्षणका लागिमात्र नभएर हरेक पलपल र सम्बन्धहरुमा नराम्रोपन आउन् सक्छ | त्यस्ता समस्याबाट केहि हत सम्म छुट पाउनका लागि विहे गर्नु भन्दा अगाडिनै यस्ता प्रश्न सोध्यो भने जीवनमा त्यति खल्लोपना नआउन सक्छ |

विवाह अगाडि नै आफ्नो हुनेवाला जीवनसाथी सँग सोध्नुहोस् यी प्रश्नहरु:-

१. तपाईको अभिभावकले पैसाको मामलामा बचपनमा कति छुट दिनुभयो ?

हुनेवाला जीवनसाथीसँग उसको घरपरिवारले पैसाको विषयमा कस्तो दृष्टिकोण राख्छन् र बचतलाई कति महत्व दिन्छन् जान्ने कोशिस गर्नुहोस् | जसले गर्दा उसको व्यवहारको बारेमा बुझ्न तपाईलाई सजिलो हुनसक्छ |२. कर्जा र इच्छाएको व्यवसायमा भविष्य कसरी बनाउने ?

पैसासँग सम्बन्धित धेरै जिम्मेवारी हामी सबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ । यदि तपाईको परिवारले तपाईलाई पढाउन कर्जा लिनुभएको छ भने त्यो तिर्नु नै पर्दछ |

३. खर्च गर्ने समयमा कति पैसा बाँकी छ भने जाँच गर्नुहुन्छ ?

पैसा खर्च गर्ने बानी श्रीमान–श्रीमतीबीचको झगडाको विउ बन्छ । यसकारण खर्च गर्ने समयमा कति आफूसँग पैसा बाँकी छ वा क्रेडिट कार्डबाट खर्च गर्ने बेलामा कार्ड चेक गर्ने बानी छ कि छैन थाहा पाउनुहोस् । 

४. पैसासँग सम्बन्धित भविष्यको योजना के छ ?

घर किन्ने, बच्चा प्लानिङ्, रिटायर्डमेन्ट र आकस्मिक अवस्थाको बारेमा खुलेर कुरा गर्नुहोस् । बिवाहपछि पढ्ने इच्छा छ भने त्यसको विषयमा पनि कुरा गर्नुहोस् । 

५. बिवाह र हनीमुनको लागि कति खर्च गर्नुहुन्छ ?

आफ्नो हुनेवाला जीवनसाथीलाई तपाई बिवाहमा गरिने खर्चको बारेमा के सोच्नुहुन्छ बताउनुहोस् । यदी आफ्नो बचतको ठूलो रकम यसमा खर्च गर्नुहुन्छ भने यो कुरा भने भन्नुहोस् । बिवाहमा हुने खर्च वा अन्य बिषयमा खुलेर कुरा गर्नुहोस् | जसले गर्दा पछि आउने समस्याबाट छुटपाउन सकिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!