सावधान ! के तपाईलाई रिँगटा लाग्छ ? हुन् सक्छ यस्तो गम्भीर रोगको संकेत

Posted on: 12 Nov, 2019

काठमाडौं | हामी रिंगटा शरीरमा पौष्टिक तत्वको कमीले भएर लागेको हो भन्ने सम्झन्छौ | यस्तो रिँगटा लाग्नु कुनै सामान्य रोग मात्र नभई गम्भीर रोग पनि लागेको हुन सक्छ | जसले मानिसको शारीरिक कमजोरी मात्र नभई गम्भीर रोगको संकेत समेत गर्न सक्छ |

मानिसमा रक्तचाप उच्च हुनु शरीरमा रगतको कमि हुनु,कम रक्त चाप हुनु, मानसिक तनाब तथा थकान हुनु, र टाउकोको चोटलगायतका कारणले रिँगटा लाग्छ | रिंगटालाग्नुका धेरै कारणहरु हुन सक्छन, रिँगटा लाग्छ  | आँखाको कमजोरी,मस्तिष्कमा रगतको कमी,नशा फाट्ने,ब्रेन ह्यामरेज,ब्रेन ट्युमर,खानेकुरा तथा औषधिको एलर्जी,माइग्रेन,ब्रत बसेर शरीर कमजोर भएमा,अत्याधिक अल्कोहल सेवन गर्नाले मुटुको धड्कन असामान्य हुन सक्छ |

जसले गर्दा टाउको घुम्नु, शरीर हल्लिएको अनुभव हुनु, आँखाको अगाडि अँध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कान बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षणहरु हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!