बिहे गर्नु भन्दा अघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ? यस्तो छ..

Posted on: 11 Nov, 2019

काठमाडौँ | सामान्यतया यौन सम्बन्ध भनेको प्राकृतिक कुरा हो | स्वभाविक कुरा हो | महिलाहरुले विवाहगर्नु भन्दा पहिले शारीरिक सम्पर्क राखे नराखेको कुरा मानिसले पहिलोपटक शारीरिक सम्पर्क गर्ने समयमा दुखे नदुखेको र रगत आए नआएको बिषयलाई लिएर बुझ्ने गरेका छन् | 

भने अर्कातिर पुरुषहरुमा लिंगको अगाडिको छाला फाटे/नफाटेको, पछाडिसम्म खुले/नखुलेको आधारमा यौनसम्पर्क भए/नभएको मान्ने गरेको पाइन्छ | जुन विचार गलत हुन् | अहिलेको समयमा उमेर पुगेपछि मात्र बिहि गर्ने सस्कार बढ्दै गएकोले माहिलाहरुको योनीको मुखमा सानै देखि रहने जालो यौनसम्पर्कबाहेकसाइकल चलाउदा, खेलकुद, पौडीखेल्दा, अर्थात् अन्य कुनै कारणवस पनि फुट्न सक्ने सम्बाव्ना रहन्छ | पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने कुरा सत्य मान्न सकिँदैन |

त्यस्तै पुरुषहरुको पनि लिंगको छाला यौनसम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने मान्यता पनि गलत हो | त्यसकारण विवाहअगाडि यौनसम्पर्क राखे-नराखेको कुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन |

शाररिक सम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने भनाइ पनि गलत हो | योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग हो | महिलाहरुलाई यौन उत्तेजना नभएको समयमा उनीहरुको योनी भित्र एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ, भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ | झन् बच्चा पाउने समयमा त्यतिनै खुकुलो हुन जान्छ | जसरी आवश्यक भएको बेलामा योनी खुकुलो हुन सक्छ त्यसै गरी यौनसम्पर्कपछि योनीले आफ्नो पुरानै तनाव र आकार ग्रहण गर्ने गर्दछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!