यी औषधिको सेवनले हुनसक्छ गम्भीर असर

Posted on: 11 Aug, 2019

काठमाडौँ  | मानिसको जीवनमा उत्पन्न  भएका स्वस्थ सम्बन्धी धेरै समस्याहरुको समाधानका लागि हामी विभिन्न औषधिहरु सेवन गर्छौं । डाक्टरलाई जाँच नगराई त्यसरी आफै औषधि किनेर सेवन गर्नु हाम्रो स्वास्थको लागि हानिकारक हुन्छ भन्ने कुरातर्फ हामी ध्यान दिँदैनौं ।

औषधिका बारेमा कतिपय जानकारीको अभाव पनि हाम्रो स्वास्थलाई हानिकारक मानिन्छ । त्यस्ता धेरै औषधिहरु छन्, जसको प्रयोग हामी सोच्दै नसोची हरेक दिनजसो गरिरहेका हुन्छौं । यी निम्न प्रकारका औषधिको प्रयोग गर्दा चिकित्सकको सल्लाह बमोजिम मात्र दैनिक प्रयोग गर्ने गर्नु पर्दा छ | नत्र गलत प्रयोगले मानिसको स्वस्थेमा नकारात्मक समस्या उत्पन्न गराउ छ |

१. निद्राको औषधि : प्राय निद्राको औषधिमा अत्याधिक नशा हुन्छ । महत्वपुर्ण कुरा के हो भने यसले हाम्रो दिमागको क्रियाकलापमा प्रभाव पार्छ । यसले मानिसको दिनचर्यालाई समेत बिगारिदिन्छ । सधैं त्यस्ता औषधिको प्रयोग गर्दा बिस्तारै-बिस्तारै त्यसको असर शरीर कम हुँदै जान्छ र पछि त्यो भन्दा हाई डोजका औषधि खानु पर्ने बाध्याता हुन्छ । त्यो औषधिको लगातारको सेवनले हाम्रो शरीर नै कमजोर हुन्छ । जसले गर्दा प्राकृतिक पाचन प्रकृयालाई कम्जोर  बनाउ छ  |

२. रुघा खोकिको औषधि : रुघा,खोकिको औषधि विशेष गरी बालबालिकाहरुका लागि खतरनाक हुन्छ । त्यसले फोक्सोलाई प्रभावित गर्छ । यदि त्यसको ओभर डोज भयो भने साइड इफेक्ट हुन्छ र मृत्यु हुने सम्भावना पनि हुन्छ ।

३.टाउको दुखाईको औषधि :टाउको दुख्दा खाने औषधिले तुरुन्त राहत मिले पनि त्यो औषधिले धेरै समस्या उत्पन्न गराउँछ । त्यसैले सम्भव भएसम्म यो औषधिको प्रयोग गर्नु हुँदैन ।

४.डिप्रेसनको औषधि : डिप्रेशनको औषधिले पनि खतरनाक असर पुर्‍याउँछ । त्यस्तो औषधिले मस्तिष्कको त्यो भागमा असर पुर्‍याउँछ, जसले ग्लुकोज र सेरोटोनिन लेभललाई नियन्त्रित गर्छ । त्यो औषधिको प्रयोगले तपाईको वजन बढाउँछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!