शरीरमा काँडा उठ्नुको कारण यस्तो छ, जान्नुहोस

Posted on: 29 Jul, 2019

कुनै बाह्य बातावरणको प्रभावमा हाम्रो शरीरमा रौँ उठ्छ | जाडोको बेला होस वा तर्सेको बेला पनि हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई काँडा उठेको भन्ने गरिन्छ | 

शरीरमा काँडा कर लारंले उठ्छ सबैलाई थाहा नहुन चक्छ अन्तराष्टिय एउटा अध्यनका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । 

चिसो वा जाडोको बेला पनि काँडा उठ्ने अध्यनले देखाएको छ | त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ ।

मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदाहुदाँ  शरीर भित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कने गर्दछ जसले गर्दा रौँको फेदमा रहेको स -साना मांसपेशी खुम्च्याईदिन्छ ।

र  रौँको फेदका छालाको तन्तुहरु ठाडो र कडारुपमा माथि उठ्छ जसलाई काँडा उठेको भन्ने गरिन्छ |

यस्तो काडाँ मानिसमा मात्रै  नभएर जनावरमा पनि देखिन्छ | जनावरहरु जव खतराको महसुस गर्छन तत्काल काँडा उठाई आफ्ना दुस्मनलाई डर पैदा गर्ने प्रयास गर्छन ।

जनावरमा  शरीरमा काँडा उठ्दा रौँको फेदमा रहेको हावाको तहले शरीर भित्रको तातोपन बाहिर जान नदिई शरीरलाई न्यानो राख्न मदत गर्दछ |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!