के हो डन्डिफोर ? के कारणले आउँछ ? जोगिने कसरी ? (जान्नुहोस )

Posted on: 07 Jul, 2019

 प्राय  किशोरा अबस्थामा महिला पुरुष दुबैमा देखिन सक्छन डन्डिफोर |  टिनेजरहरूमा यो समस्याले धेरै हैरान भएका हुन्छन् । आखिर के हो डन्डिफोर ? के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ? जानिराख्नुहोस् :

त्यसो त ३५–४० वर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्किने समस्याले ग्रसित भएका हुन्छन | छालामा हुने एक विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ ।

यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल राख्न सहयोग गर्छ ।

युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ । प्रभावस्वरूप सुरुमा हल्का दाग–धब्बाजस्तो देखिन थाल्छ । साथसाथै, धेरै चिल्लोका कारण रौँका छिद्र पनि चौडा हुन थाल्छन् ।

बिस्तारै दाग गाढा हुन थाल्छ । यसले रौँको छिद्र बन्द गरिदिएपछि छिद्रकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ । यसलाई ‘ह्वाइट हेड’भनिन्छ । ह्वाइट हेड हावाको सम्पर्कमा गएर अक्सिजनसँग संसर्ग हुँदा कालो हुन थाल्छ । यसले आसपासको छालाको तन्तुमा विकार उत्पन्न गरेर पीडा पैदा गर्छ । यही भागमा बिस्तारै डन्डिफोर बन्छ ।

डन्डिफोर आउने विभिन्न कारणहरु हुन सक्छन | हर्मोंनमा परिवर्तन आउनु तथा खराबीको कारणले पनि डन्डिफोर आउन सक्छ | त्यस्तै खराब खानपान ,अनियमित महिनावारी ,तनाव र अनिन्द्रा ,उतेजना, डर , क्रोधले गर्दापनि हुन् सक्छ |लामो समयसम्म कब्जियत हुनु, शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिदा पनि अनुहारमा डन्डीफोर आउन सक्छ |

जोगिने उपाए पनि छन् जसलाई नियमित गर्दा अनुहारको डन्डीफोरमा कमि ल्याउन सहयोग गर्दछ |  धुलो जमेर छालाको छिद्रमा डन्डिफोर निम्तिन सक्छ त्यसकारण नियमित अनुहार सफा गर्नुको साथै सधै पानीले दिनमा ५–६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ । डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ ।

यो एकदम गलत काम हो । डन्डिफोर नछुनु नै ठीक हुन्छ । निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ | राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर अनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्नाले डन्डिफोरमा कमि आउन सक्छ  |




यस बिषयमा तपाइको प्रतिक्रिया...!