सावधान ! दहिसंग यी खानेकुरा कहिल्यै नखानुस्

Posted on: 02 Apr, 2019

दहीलाई निम्नलिखित चिजहरूसँग मिसाएर खाएमा भने स्वास्थ्यसमस्या उत्पन्न हुन सक्छ | त्यसैले दहिसंग यी खानेकुरा कहिल्यै नखानुस् | 

१. आँप र दही

गर्मी फलको राजा मानिने आँपको पनि सिजन हो । भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन किनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ । दही शीतकारक हुन्छ भने आँपले गर्मी गराउँछ तसर्थ एकसाथ सेवन गर्दा शरीरमा टक्सिन निर्माण हुनसक्छ ।

२. चीज र दही

आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकैपटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।

३. इडलीडोसासँग दही

यो परिकार नेपालको होइन तथापि कतिपय भारतीय तथा नेपाली रेष्टुराँहरूले यो परिकार सर्भ गर्छन् । इडली बनाउँदा दही मिसाइएको त हुन्छ तर पनि यसमा दही थपेर खाँदा स्वास्थ्यमा विगार गर्नसक्छ ।

४. केरा र दही

हामीकहाँ दहीको नाम लिनेबित्तिकै केराको नाम पनि आइहाल्छ । दही र केरा मिसाएर खुबै खाइन्छ पनि । यसपछि धेरैले पेट चस्किएको गुनासो पनि गर्छन् । तर दही र केरालाई एकसाथ सेवन गर्नु राम्रो मानिँदैन । खानै परे पनि २ घन्टाको फरक पारेर मात्र खानुपर्छ ।

५. मासको दालसँग दही

मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरेसरह हो । भुलेर पनि यिनलाई एकसाथ खानुहुँदैन । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!