थाहा पाउनुहोस् - आज कुन-कुन राशि हुनेहरुको भाग्य कति प्रतिशत ?

Posted on: 10 Mar, 2019

मेष राशि :


आर्थिक कारोवार तथा ब्यापारमा फाईदा कमैनेछ, मान्यजनको सम्मान गर्नुहोला, रातो बस्तु दान गर्नु राम्रो हुन्छ । आज तपाइको भाग्यको ८८ प्रतिशत छ ।  

वृष राशि :


रोजगारीमा फाइदा हुनेछ, बुद्धिजीवीको सल्लाह लिनुहोला । गुलाबी कपडा दान गर्नु होला । शुभ रंग गुलाबी हो भने तपाइँको आजको भाग्य ७९ प्रतिशत बलियो छ । 

मिथुन राशि :


पारिवारिक समस्या समाप्त हुनेछ । सवारी खरिद नगर्नुहोला । फल दान गर्नु राम्रो रहनेछ । शुभ रंग नीलो र भाग्य ६८ प्रतिशत रहेको छ । 

कर्कट राशि :


दाम्पत्य जीवनमा खटपट कम हुनेछ । जागिरमा भएको तनाब हट्नेछ । शुभ रङ रातो हो भने आज तपाइको भाग्य ७० प्रतिशत बलियो छ । 

सिंह राशि :


बिजनेसमा भएको तनाव समाप्त हुनेछ । आफू भन्दा ठुलाको सम्मान गर्नुहोला, रातो चन्दनको दान गर्नुहोस् । शुभ रंग हरियो, आज तपाइको भाग्य ९० प्रतिशत रहेको छ ।  

कन्‍या राशि :


विद्दार्थीहरुले पढाईमा ध्यान दिनुहोला, कसैले लागेको धन फिर्ता पाइनेछ । चामल दान गर्नुहोस् । शुभ रङ गुलाबी र भाग्य प्रतिशत ७८ रहेको छ ।

तुला राशि :


आफ्नो स्थान परिवर्तन नगर्नुहोस्, नातागोतामा लापरवाही नगर्नुहोस्, रातो दाल दान गर्नु राम्रो हुनेछ । शुभ रंग सेतो र आज तपाइको भाग्य ८० प्रतिशत हुनेछ । 

वृश्चिक राशि :


जीवनसाथीलाई सम्मान गर्नुहोस् । व्यापारिक यात्राको योग सर्नेछ । मीठो फलको दान गर्नुहोस् । शुभ रंग गुलाबी र आज तपाइको भाग्यको प्रतिशत ८५ रहनेछ । 

धनु राशि :


साथीहरुसंग घुम्न जाने योग छ । बुबाबाट खुशी मिल्नेछ, वस्त्रको दान गर्नु राम्रो हुनेछ । शुभ रंग पहेलो छ भने आज तपाइको भाग्यको प्रतिशत ७६ रहनेछ । 

मकर राशि :


जागिरमा प्रगतिको योग छ, धनको लाभ हुनेछ, कालो मास दान गर्नु अझै राम्रो हुनेछ । आजको शुभ रङ हरियो र भाग्यको प्रतिशत ७० रहन्छ । 

कुम्भ राशि :


छोटो यात्राको योग छ, घरकै खाना खानुहोस्, कालो वस्तु दान गर्नु उपयुक्त रहनेछ । तपाइको शुभ रंग नीलो र भाग्यको प्रतिशत ८९ रहनेछ । 

मीन राशि :


जागिरको स्थिति राम्रो हुनेछ, विवादबाट बच्नुहोस्, सुनौलो रंगको वस्त्र दान गर्नुहोस् । शुभ रंग पहेलो र भाग्य प्रतिशत ९२ रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!