आजको राशिफल:तपाइको लागि शुक्रबारको दिन कस्तो छ थाहा पाउनुहोस्

Posted on: 22 Feb, 2019

आज वि.सं.२०७५ साल फाल्गुन १० गते, शुक्रबार | ईश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख | नेपाल संवत् ११३९ | फाग्गुन कृष्ण पक्ष | तिथि तृतीया |

आज काठमाडौंमा सूर्योदय ०६ बजेर ३८ मिनेटमा हुनेछ भने सूर्यास्त बेलुकी ०५ बजेर ५९ मिनेटमा हुनेछ । 

मेष राशि - (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

शिक्षामा राम्रो दिन छ । सत्रुहरुको नास । बिवादित काम बन्ने । लेनदेनका मुद्दाहरु समाधान भएर जानेछ । प्रेममा पनि राम्रो योग ।

बृष राशि - (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आर्थिक लाभ । व्यापार व्यावसायमा लगानिको अवसर । प्रेममा राम्रो । आत्मीयजन तथा परिवार जनको सहयोगले काम बन्ने । मन प्रशन्न रहने । 

मिथुन राशि (का,की,कू,घ,ङ,छ,के,को,हा)

घार्जग्गाको कारोवार फस्टाउने । आर्थिक लाभको योग । आलोचकहरुको पनि समर्थन । शिक्षामा राम्रो योग । स्वास्थ्य समस्या आउँ सक्ने । प्रेम सम्बन्ध राम्रो रहने ।

कर्कट राशि (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

श्रम गर्ने तथा राजनीति गर्नेहरुलाई उत्तम दिन । महत्वपूर्ण उपलब्धि । कानुनि समस्याको समाधान । प्रशन्नता बढेर जाने । शिक्षामा सुधार ।

सिंह राही (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्तजनको सहयोगले व्यापार व्यावसायमा राम्रो दिन । साथि/आफन्त सम्बन्धमा सुधार । शैक्षिक कार्यमा मन जाने । बोलिको प्रभाव बढ्ने । गायन तथा कला शाहित्यमा रुची ।

कन्या राशि (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 

आफन्तजनको सहयोगले चिताएको काम बन्ने । शिक्षा क्षेत्रमा मन जाने । राजनिति तथा समाजसेवामा मान/सम्मान मिल्ने । आर्थिक लाभ । प्रेम सम्बन्धमा सामिप्यता बढेर जाने ।

तुला राशि (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

परिवार तथा आफन्तजनसंग भेटघाटको अवसर जुट्ने । स्वास्थ्य समस्याले सताउला । शैक्षिक कुरा बिग्रन सक्ने । विदेश यात्राको सम्भावना । गरेको काममा राम्रो प्रतिफल नमिल्ला ।

बृश्चिक राशि (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसाय फस्टाएर जाने । आर्थिक लाभको अवसर । शिक्षा मानसम्मानको अवसर । स्वास्थ्य अवस्था राम्रो रहने । प्रेम सम्बन्ध पनि राम्रो रहने । 

धनु राशि (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सत्रु परास्त हुने । नयाँ काम बन्ने तथा नोकरिमा बुढुवा हुने योग । व्यापार व्यावसाय राम्रो रहने । शिक्षामा मन जाने । राजनीति तथा समाजसेवामा समय दिनेहरुले मान/पद पाउँने ।

मकर राशि (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

अरुलाई प्रभाव पार्न सकिने । मान/सम्मान पाइने । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानि लिन सकिने । धार्मिक कार्यमा मन जाने । 

कुम्भ राशि (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

अनावश्यक आलोचनाको शिकार भईइला । व्यापार राम्रो नरहला । शिक्षामा मन नजाने । स्वास्थ्यमा समस्या आउनसक्ने योग । काममा समस्या निम्तिन सक्ने । प्रेममा आपसी मनमुटाव हुन् सक्ने ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

व्यापार व्यावसायमा नाँफा कमाउँन कडा परिश्रम गर्नुपर्ने । यात्रा गर्दा सावधानी अपनाउनुहोला । स्वास्थ्य समस्या आउन सक्ने । मन अशान्त रहला । पारिवारिक तथा पतिपत्नी बीच मनमुटाव हुनसक्ने ।

राशिफलमा जे जस्तो भनेपनि कुनै पनि काम गर्नु अघि सोचेर बुझेर गर्न सक्ने हो भने धेरै काम बन्छन् । तपाईको दिन शुभ रहोस् ।

ज्योतिष विज्ञानबारे छोटो जानकारी थाहा पाइराख्नुस्   

ज्योति + ईष दुई शव्दको समास भएर ज्योतिष वनेको हो । जसमा ईश भनेको इश्वर (ग्रह नक्षत्र) को ज्योति भनेको प्रकाश भन्ने सामान्य अर्थ हुन्छ । यसको पूर्ण अर्थ भने ग्रह नक्षत्रहरुको स्थिति अवस्था र यिनीहरुले पृथ्वीमा रहेका जीवहरुमा पार्ने प्रभाव हो । त्यस्तै अंग्रेजीमा एस्ट्रो र लजीक दुई शव्द मिलेर एस्ट्रोलोजी वनेको छ । जहा एस्ट्रो भनेको ताराहरु र लोजीक भनेको तर्क विचार हुने भएकोले तारा र नक्षत्रहरुको अध्ययन नै भन्ने वुझिन्छ । 

आध्यात्मिक दर्शन अनुसार व्रहमाजीले सृष्टि गरेका षडशास्त्र (वेद,साहित्य,कला,छन्द, निरुक्त ,ज्योतिष) मध्ये ज्योतिषलाई वैदिक कालदेखि नै अत्यन्त महत्वको साथ हेरेको पाईन्छ । कुनै पनि विचार या दर्शन तत्कालीन मानव संस्कृति या भावनासंग सापेक्ष रहेको हुन्छ । वैदिक या पौराणिक कालमा प्रत्येक प्राकृतिक घटनालाइ इश्वरीय इच्छासंग तुलना गरिने भएकोले व्रहमाण्डका पिण्डहरु पनि इश्वरीय शक्ति र इच्छा वाट नै सन्चालित हुने विश्वास अनुरुप ग्रह नक्षत्रलाइ पनि देवताकै अंशमा हेरिने र सत्कर्म या दुष्कर्मप्रति ग्रह नक्षत्रको प्रभावको वारेमा व्याख्या गर्ने संस्कृति विकास हुंदै गयो ।

हाम्रा पूर्वज ऋषी मुनिहरुले आफनो मस्तिस्कमा विचारको मन्थन गर्दै ग्रह नक्षत्रको प्रभावले मानिसका कैयन जन्म प्रभावित हुने विचार अगाडि वढाउदै जांदा ज्योतिष शास्त्रको विकास भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!