यसकारण महिलाहरु यौन सम्बन्धमा उदासिन हुन्छन्

Posted on: 21 Feb, 2019

काठमाडौं |

अक्सर महिलाहरु यौनका लागि अग्रसर हुँदैनन् । आफ्नो पाटनरलाई सन्तुष्ट राख्न मात्र उनीहरु यौन सम्बन्ध राख्छन् । 

उनीहरु पुरुषको यौन सन्तुष्टिका लागि आफुलाई समर्पण गरिरहेका हुन्छन्, भलै त्यसबाट उनीहरुले पनि आनन्द लिन सक्छन् ।

महिलाहरु उति खुल्दैनन् । उति सक्रिय हुँदैनन् । उति अग्रसर हुँदैनन् । एक अध्ययनमा भनिएको छ, पुरुषको तुलनामा महिलाहरु यौन सम्बन्ध बनाउने कुराले उदास रहन्छन् । यौनमा महिलाहरु उदासिन हुनुको बिभिन्न कारणहरु छन् :-

१. सम्बन्ध चिसिएपछि

महिलामा यौन इच्छा त्यसकारण पनि कम हुँदै जान्छ कि, जब उनीहरुको सम्बन्धमा चिसोपन आउन थाल्छ । दम्पतीबीचको सम्बन्ध सुमधुर छैन । प्रेमिल छैन । झैझगडा, मनमुटाव, भनाभन भइरहन्छ भने त्यसले महिलाको यौन जीवनमा सोझो प्रभाव पार्छ । आफ्ना पार्टनरसँग उनीहरु भावनात्मक रुपले जति टाढिदै जान्छन्, महिलाको यौन इच्छामा पनि ह्रास आउन थाल्छ ।

यसका साथै पार्टनरको यौन समस्या, भावनात्मक सन्तुष्टि नमिल्नु र बच्चाको जन्म पनि यसको कारण हुनसक्छ ।

२. पारिवारिक दायित्व भार

अक्सर हामीकहाँ महिलाहरु घर धन्दाको काममा बढी व्यस्त हुन्छन् । विवाह गरेपछि उनीहरुलाई घर परिवार सम्हाल्ने अभिभारा दिइन्छ । खाना पकाउने, ख्वाउने, नानी स्यहार्ने, लुगाफाटो धुने, घर सफा गर्ने, किनमेल गर्ने जस्ता अनगिन्ती कामको भार उनीहरुको काँधमा थमाइन्छ ।

अझ अहिले धेरै महिला कामकाजी छन् । उनीहरुले आफ्नो पेशा व्यवसाय पनि सम्हाल्नुपर्ने, अर्कोतिर घरधन्दाको काम पनि भ्याउनुपर्ने दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यसरी कामको चापले उनीहरुमा यौन चाहना घट्दै जान्छ ।

दिनभरको कामले थकित हुन्छन् । राती शरीरले विश्राम माग्छ । अन्य समय पार्टनरसँग अन्तरंग पल विताउने फुर्सद र अनुकुलता हुँदैन । यसले गर्दा पनि महिलामा यौन चाहना कम हुन्छ ।

३. घरायसी माहौल

घरमा सासु-ससुरा, देवर-देवरानी, छोराछोरी हुन्छन् । उनीहरुको आँखा छलेर अन्तरंग पल साट्ने अनुकुलता मिल्दैन । अझ बालबच्चा भइसकेको अवस्थामा त महिलाहरुको भूमिका थप बढ्न थाल्छ । बालबच्चा हुर्काउने, स्यहार्ने कुरामा उनीहरु केन्दि्रत हुन्छन् । राती छोराछोरी स्यहार्नुपर्ने, सुताउनु पर्ने जस्ता अतिरिक्त जिम्मेवारी आइलाग्छ । यस्तो माहौलमा महिलाहरु उन्मुक्त ढंगले यौन क्रियामा सहभागी हुँदैनन् । पुरुषको तुलनामा उनीहरु बढी लजाउने स्वभावका हुन्छन् । उनीहरु स्वतन्त्र एवं एकान्तमा जति खुल्छन्, त्यती खुल्न सक्दैनन् । यसले पनि उनीहरुको यौन जीवनमा प्रभाव पार्छ ।

४. प्रजनन स्वास्थ्यको कारण

महिलाहरुको प्रजनन अंग निकै संवेदनशिल हुन्छ । मासिक श्राव, गर्भाधान, प्रसूती जस्ता अनेक चरणबाट उनीहरु गुजि्रनुपर्ने हुन्छ । यस क्रममा उनीहरुको प्रजनन अंगमा कतिपय संक्रमण हुनसक्छ । कतिपय समस्या आउन सक्छ । यसरी प्रजनन अंगमा देखापर्ने समस्याले पनि उनीहरुको यौन रुचीमा असर गर्छ ।

५. टेस्टोरनको स्तर

महिलामा टेस्टोरनको स्तर २० बर्षको अवस्थामा बढी हुन्छ  र त्यसपछि क्रमस कम हुँदै जान्छ । यसले गर्दा पनि महिलामा यौन इच्छा कम हुन्छ ।

६. मेडिकल समस्या

महिलाहरु यौनमा अनुदार एवं उदासिन हुँदै गएका छन् भने त्यसमा अरु पनि कारण हुनसक्छ । जस्तो कि, उनीहरु तनावग्रस्त हुनसक्छन् । उनीहरुमा थाइराइडको समस्या हुनसक्छ । एनिमिया व मधुमेहले पनि त्यस किसिमको समस्या आउन सक्छ ।

७. गर्भनिरोधक चक्की

महिलाको यौन जीवनमा प्रभाव पार्ने अर्को तत्व हो, गर्भनिरोधक चक्की । अनिच्छित गर्भ रोक्नका लागि सेवन गरिने यस्ता चक्कीले उनीहरुमा यौनप्रतिको रुची कम गराउँछ ।

८. बाल्यकालको खराब याद

कतिपय महिलाले बाल्यकालमा यौन उत्पीडन झेलेका हुन्छन् । बाल्यकाल वा किशोरावस्थामा उनीहरुले झेल्ने यस्तै पीडाले पनि उनीहरुमा यौन रुची घट्न थाल्छ । उनीहरु जसै यौन सम्बन्धका लागि तयार हुन्छन्, विगतको पीडादायक क्षणको यादले उनीहरुलाई झस्काइदिन्छ ।

.९ बढ्दो उमेर

महिलाहरुमा उमेर बढ्दै गएपछि एन्ड्रोजनको स्तर कम हुन्छ । यसले गर्दा पनि उनीहरुमा यौन रुची घट्न थाल्छ । यसका साथै हर्मोन्सको असन्तुलन वा शरीरमा ल्यूटिनिसिंग हर्मोन्सको कमीले महिलामा यौन इच्छा कम हुन्छ । एजेन्सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!