स्मार्टफोन स्लो भएर हैरान हुनुहुन्छ ? त्यसो भए अपनाउनुस् यी उपाय

Posted on: 19 Feb, 2019

काठमाडौं । के तपाईँको स्मार्टफोन स्लो भएको छ र यहि कारणले सँधै समस्या आएको छ । यदि त्यसो हो भने तपाईँले केहि सामान्य काम गर्नुहोस् जसले स्लो भएको स्मार्टफोनलाई फेरी तिब्ररुपमा काम गरोस् ।

एप्स, वालपेपर र अन्य अनावश्यक विषयहरु हटाउनुस्

फोनमा भएको स्टोरेजलाई ध्यानमा राखेर मात्र एप्स डाउनलोड र इन्स्टल गर्नुहोस् । अधिक संख्यामा एप्स फोनमा हुँदा पनि स्मार्टफोन स्लो हुन्छ । फोनमा भएका कतिवटा एप्स तपाईँ प्रयोगमा ल्याउनुहुन्छ, त्यसमा ध्यान दिनुस् । जून एप्स तपाईँले महिनौंदेखि प्रयोग गर्नु भएको छैन् भने त्यसलाई तत्काल हटाईदिनुस् ।

त्यस्तै फोनमा नै पहिले प्रि-लोड गरिएका एप्स पनि हुन्छन् । यदि ती एप्स तपाईँलाई आवश्यक छैन भने पनि त्यसलाई हटाउन सकिन्न त्यसैले त्यस्ता एप्सलाई डिसेबल गर्नुस् ।

इदि तपाईँले स्मार्टफोनको डिस्प्लेलाई आकर्षक देखाउन लाइभ वालपेपर प्रयोग गर्नुभएको छ भने त्यसले पनि फोनलाई स्लो बनाउँछ । त्यसैले लाइभ वालपेपरलाई हटाउनुस र होम स्क्रीनमा अधिक संख्यामा विजेट छ भने पनि स्मार्टफोन सुस्त हुन्छ ।

Cache क्याचलाई क्लियर गर्नुस्

तपाईँले हरेक पटक प्रयोग गरेको एप्सले गर्दा त्यसको क्याच जम्मा हुन लाग्दछ । स्मार्टफोन स्लो हुनुको एक मूख्य कारणमा यो पनि हो । यस्तोमा स्मार्टफोनमा सबैभन्दा धेरै प्रयोग हुने एप्सको क्याचलाई नियमितरुपमा डिलीन गर्ने गर्नुस् । क्याचलाई क्लियर गरेपछि पनि तपाईँले एप्स फेरी प्रयोग गर्न सक्नुहुन्छ, र फेरी क्याच एकत्रित हुन्छ ।

क्याच हटाउनको लागि सबैभन्दा पहिलो सेटिंगमा जानुस र त्यसमा भएको एप्समा ट्याप गर्नुस् । त्यसपछि त्यहाँ आउने एप्सको लिस्टमध्ये जून एपको क्याच क्लियर गर्ने हो त्यसमा ट्याप गर्नुस् । त्यहाँ तपाईँलाई क्लियर क्याच भन्ने अप्सन देखाउँछ र त्यसमा ट्याप गरेर क्याचलाई सफा गर्न सक्नुहुन्छ ।

इनबिल्ट स्टोरेजलाई क्लिक गर्नुस्

एउटा विषय सँधै ध्यानमा राख्नुस कि यदि तपाईँको फोन स्लो हुनबाट बचाउने हो भने तपाईँको स्मार्टफोनमा भएको इनबिल्ट स्टोरेजमध्ये करिब २० प्रतिशत खालि भएको हुनुपर्दछ । इनबिल्ट स्टोरेज भनेको तपाईँको स्मार्टफोनमा नै उपलब्ध आन्तरिक स्टोरेज हो । यस्तो स्टोरेजमा भएका तस्विरहरु, एप्सले अधिक स्पेस लिएको खण्डमा तिनीहरुलाई डिलीट गर्ने वा सार्ने गर्नुपर्दछ ।

इदि तपाईँको इनबिल्ट स्टोरेज सकिएको छ भने त्यसलाई माइक्रो एसडी कार्ड प्रयोग गरेर अतिरिक्त स्टोरेज बढाउन सकिन्छ । यस्तो एक्सटर्नल स्टोरेजमा तपाईँले स्मार्टफोनमा भएको तस्विर, एप्स, भिडियो, म्यूजिक, डकुमेन्टहरु सार्न सक्नुहुन्छ । जसले गर्दा तपाईँको स्मार्टफोनको स्टोरेज बचत हुन्छ ।

यसको लागि तपाईँले स्मार्टफोनको सेटिंगमा गएर एप्समा जानुपर्दछ । सार्न चाहेको एप्समा क्लिक गरेर त्यसमा भएको मुभ टू एसडी कार्डको अप्सन प्रयोग गर्नुहोस् ।

तर केहि पुराना एन्ड्रोयड फोनहरुमा भने यो फीचर नहुन सक्दछ ।

फर्मवेयर अपडेटको जाँच गर्नुस्

स्मार्टफोनको फर्मवेयर अपडेटबाट फोनमा विभिन्न किसिमको सुधार आउने गर्दछ । यसमा मुख्यरुपले परफर्मेन्स अप्टिमाइजेशन पनि हो ।

यदि तपाईँको फोनमा नियमितरुपमा स्लो हुने समस्या आईरहेको छ भने तपाईँले फोनको सेटिंग्समा गएर यो बारेमा हेर्नसक्नुहुन्छ । कम्पनीले बेला बेलामा तपाईँको फोनको लागि सफ्टवेयर तथा सेक्यूरिटी अपडेट दिईरहेको हुन्छ ।

यसको लागि सेटिंग्समा जानुस् । त्यसपछि सिस्टममा गएर अबाउटमा ट्याप गर्नुहोस र सफ्टवेयर अपडेटस्मा जानुस् । यदि कुनै सफ्टवेयर अपडेट आएको त भने तपाईँले अपडेट गर्न सक्नुहुनेछ तर त्यो भन्दा पहिले आफ्नो फोनको ब्याकअप लिनुहोस् ।

एनिमेशनलाई डिसेबल गर्नुस्

तपाईँहरुलाई यो जानकारी हुन आवश्यक छ कि एनिमेशन्स मुख्यरुपमा मेन्यू, एप ड्रअर्स र अन्य इन्टरफेस लोकेशन्समा ग्राफिकल ट्रान्जिशनको बीचमा काम गर्दछ । स्मार्टफोनको प्रयोगको समयमा एनिमेशन एक्टिभ रहन्छ । यसले केबल फोनको प्रयोगलाई उत्कृष्ट बनाउनको लागि का मगर्दछ । यदि तपाईँलाई आफ्नो स्मार्टफोन सुस्त भईरहेको जस्तो अनुभव भएको छ भने यसलाई बन्द गरिदिनुस् ।

स्मार्टफोनमा भएको एनिमेशन्सलाई बन्द गर्न अरु भन्दा कठिन छ किनकी यो केबल डभलपर्स अप्सनमा मात्र राखिएको हुन्छ । डेभलपर अप्शन तपाईँले सेटिंग्समा भेट्नुहुन्छ । डेभलपर अप्शनमा तपाईँले सबै एनिमेशन हेर्न सक्नुहुन्छ र यदि चाहेमा बन्द गर्न सक्नुहुन्छ ।

तर यो ध्यानमा राख्नुहोस की डेभलपर अप्शनमा अन्य कुनैपनि विकल्पहरु नचलाउनुहोस् नत्र तपाईँको स्मार्टफोन नै बन्द हुने अन्य समस्या आउन सक्दछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!