युटुवबाट कमाई गरिराखेकाहरुलाई २४ प्रतिशत कर लाग्ने !

Posted on: 10 Mar, 2021

फागुन २६, काठमाडौँ | अमेरिका बाहेक विश्वभर युटुव मार्फत कमाई गरिराखेकाहरुले जुन २०२१ देखि २४ प्रतिशतसम्म कर तिर्नुपर्ने भएको छ । कर तिराउने सम्बन्धमा अबको केहि सातामै गुगलमार्फत कमाई गरिराखेकाहरुले कर सम्बन्धि जानकारी पठाउनु पर्ने गुगलले जनाएको छ । 

गुगलले आफ्नो कर सम्बन्धि जानकारी पठाउनेहरुको भने एडसिन्स एकाउन्टबाट अमेरिकी प्रयोगकर्ता बाहेक अन्य देश मार्फत भएको कमाई कर अन्तर्गत नकाट्ने स्पष्ट पारेको छ । अन्यथा आगामी मे ३१ देखि गुगलमा जति कमाई गरेको छ, २४ प्रतिशत कर काटेर मात्र गुगलले पैसा दिने जनाएको छ । 


अब के गर्ने ? 

गुगलका अनुसार अबको केहि साता भित्रै तपाइँहरुलाई एडसिन्समा आफ्नो कर जानकारी पठाउन एक इमेल प्राप्त हुनेछ । ६ चरणमा कर प्रणालीको प्रश्नहरुको प्रक्रिया पुरा गर्नुपर्नेछ ।

किन यस्तो ?

गुगलले अमेरिकी कर मार्फत लिने राजश्व कोड ३ अनुसार यो नीति लागु गर्न लागेको जनाएको छ । यो नीतिसंगै अमेरिका बाहिरबाट गुगल मार्फत कमाई गरिराखेकाहरुबाट कर जानकारी संकलन गर्ने र केहि उदाहरणहरुमा कर कटौती गर्नेछ । जसको कारण अमेरिकाबाट हेर्ने दर्शकहरुबाट हुने आम्दानीमा कर काटिनेछ । गुगलले भनेको छ 'संयुक्त राज्य अमेरिका बाहिरका सिर्जनाकर्ताहरूको लागि, हामी चाँडै नै हाम्रो सेवा सर्तहरू अपडेट गर्नेछौं । जहाँ तपाईंको युट्युबबाट हुने कमाईलाई संयुक्त राज्य अमेरिकाको कर परिप्रेक्ष्यबाट रोयल्टी मानिनेछ । यसले तपाईंको आयलाई भुक्तानी गर्ने तरीकामा असर पर्न सक्छ, र संयुक्त राज्य अमेरिका कानूनद्वारा आवश्यक अनुसार गुगलले करहरू घटाउनेछ ।' 

कमाई घट्छ ? 

यदि तपाइँलाई गुगलले अबको केहि सातामा पठाएको इमेल अनुसार आफ्नो कर विवरण पेश गर्नुहुन्छ भने, अमेरिकी प्रयोगकर्ताले तपाइँको सृजनाहरु हेर्दा तपाइँले कमाउने कमाईको करहरू मात्र एडसिन्सबाट काटिनेछ । गुगलका अनुसार गुगल विज्ञापन दृश्यहरू, युट्युब प्रीमियम, सुपर च्याट, सुपर स्टिकरहरू र च्यानल सदस्यताहरू मार्फत संयुक्त राज्य अमेरिकामा दर्शकहरुद्वारा कमाएको राजस्व कर अन्तर्गत काटिनेछ । यदि तपाइँले गुगललाई कुनै कर जानकारी प्रदान गर्नु भएन भने, तपाईंको करदर उच्च व्यक्तिगत ब्याकअप होल्डिंग दर विश्वव्यापी कुल आयको २४% हुनेछ । यसको मतलब तपाइँले १ लाख कमाउनु भएको छ भने ७६ हजार मात्र पाउनुहुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!