वर्ल्डलिंकले ल्यायो "तहल्का" इन्टरनेट योजना

Posted on: 07 Feb, 2021

माघ २५, काठमाडौँ । वर्ल्डलिंकले  इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै आइपी टिभी सेवा उपलब्ध गराउने "तहल्का"योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु. ७९९ मा पाउने कम्पनीले जनाएको छ । 

इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी “तहल्का” योजना ल्याएको वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए ।

वर्ल्डलिंकले यस अफरसँगै नेटभीटी (आईपीटीवी) सेवासँगै कम्बो प्याकमा  ६० एमविपिएस सम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ ।  ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टिभी प्यकेजहरू छनौट गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!