एप्पलले बिग्रिएका आइफोनको निशुल्क मर्मत गरिदिने

Posted on: 07 Dec, 2020

मंसिर २२, काठमाडौँ | एप्पलले आफ्ना नयाँ आइफोनमा फेरि अर्को समस्या देखा परेको बताएको छ | एप्पलले आफ्ना आइफोन ११ को नयाँ उत्पादनका डिस्प्लेमा समस्या देखिएको स्वीकार गरेको अमेरिकी म्यागजिन फोर्ब्सले जनाएको छ |

एप्पलको आइफोन १२ मा धेरै समस्या देखिएको गुनासो आएपछि एप्पलले ती बिग्रिएको आइफोनहरू साटिदिने घोषणा गरेको छ | कम्पनीका अनुसार,यी उपकरण नोभेम्बर २०१९ र मे २०२० को बीचमा उत्पादन गरिएको कम्पनीको भनाइ छ |

आइफोन १२ मा डिस्प्ले हरियो हुने, सिग्नल नदिने र ब्याट्री चाँडै सकिने जस्ता समस्याहरू प्रयोगकर्ताहरुले भोगिरहेका छन् | यदि कसैको नयाँ आइफोन ११ मा डिस्प्लेको समस्या आएको छ भने ती व्यक्तिले एप्पलको रिप्लेस्मेन्ट प्रोग्राम पेजमा गई आफ्नो आइफोनको सिरियल नम्बर लेख्न सकिने जनाइएको छ |

त्यस्तै कम्पनीका अनुसार,ती आइफोन फेरि बनाउन मिल्छ वा मिल्दैन भनेर थाहा पाउन सकिने छ | जसअनुसार बिग्रिएका आइफोन ११ एप्पलको आधिकारिक सेवा प्रदायक, रिटेल स्टोर वा कम्पनीको मेलइन मर्मत सेवाबाट मर्मत गर्न सक्नेछन् | 

एप्पलले कसैको स्क्रिन टुटेको छ भने त्यसको जिम्मा भने कम्पनीले नलिने बताएको छ | टुटेको स्क्रिन मर्मतमा हुने खर्च भने  प्रयोगकर्ताले नै बेहोर्नु पर्ने छ | स्क्रिन टुट्ने समस्या डिस्प्लेमा आएको खराबीकै कारण भएको हो भने प्रयोगकर्ताले गरेको भुक्तानी फिर्ता हुने एप्पलले बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!