सामसङले नयाँ स्मार्ट फोन ल्याउँदै

Posted on: 17 Nov, 2020

मंसिर २, काठमाडौँ | दक्षिण कोरियाली कम्पनी सामसङले दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको छ | सामसङ ग्यालेक्सी एम ४२ र एम १२ एस सार्वजनिकको तयारी भइरहेको कम्पनीले जनाएको छ | 

कम्पनीका अनुसार यी दुई स्मार्टफोनका लागि काम गरिरहेको छ |

दक्षिण कोरियाली टेक्नोलोजी कम्पनी दिग्गजले एम सिरिजका धेरै स्मार्टफोनमा नयाँ परिवर्तन ल्याएको छ | यो वर्ष कम्पनीले नयाँ ह्याण्डसेटको लञ्च गर्ने योजना बनाएको हो | एम४२ र एम१२एस स्मार्टफोन एसएम–एम४२५एफ र एसएम–एम१२७एफ मोडलमा आउने बताइएको छ |

एसएम–एम४२५एफ लाई ग्यालेक्सी एम४२ नामबाट सार्वजनिक गर्न सकिने छ भने,ग्यालेक्सी एम ४२ ६४ मेगापिक्सलको मुख्य क्यामराका साथै १२८ जिबी स्टोरेजमा आउने छ। सफ्टवेयर निर्माणको काम सुरू गरिसकेकोले यो वर्षको अन्तिममा उक्त फोन बजारमा आउने भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!