भारतमा प्रख्यात एप 'पेटीएम' गुगलले प्ले स्टोरबाट हटायो

Posted on: 18 Sep, 2020

असोज २, काठमाडौँ | गुगलले प्ले स्टोरबाट भारतीय एप पेटीएम हटाएको छ । पेटीएमलाई प्ले स्टोरबाट हटाउनुको कारण  अनलाइन ग्याम्बलिङ (जुवा) को शर्तको उल्लङ्घन गरेको बिषय मानिएको छ ।  

पेटीएम भारतको एक प्रमुख एप हो र यसमा मासिक पाँच करोड सक्रिय प्रयोगकर्ता भएको दाबी गरिएको छ । 

'अनलाइन जुवा र अरु अनियमित ग्याम्बलिङ एप, जसले सट्टाबाजीलाई बढावा दिन्छ, तिनलाई प्ले स्टोरले रोक्छ र पेटीएमले लगातार प्ले स्टोरको नीतिको उल्लङ्घन गरिरहेको छ', गुगलले भनेको छ । 


पेटीएमले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा गुगल प्ले स्टोरमा नयाँ डाउनलोड र अपडेट्सका कारण एप उपलब्ध नभएको जनाएको छ । पेटीएमले एप चाँडै पुरानै अवस्थामा फर्किने र सबैको पैसा सुरक्षित रहेको जनाएको छ । 

नोभेम्बर २०१६ मा भारतमा नोटबन्दीको घोषणा हुँदा त्यो बेला पेटीएमको व्यापार अप्रत्याशित रुपमा माथि उठेको थियो । 

सन् २०१० मा यो कम्पनीको सुरुवात नगदरहित लेनदेनको विकल्पको रुपमा भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!