युटुवबाट पैसा कमाउनेहरुलाई फाइदा, 'मिड रोल एड'मा नयाँ अपडेट

Posted on: 08 Jul, 2020

असार २४, काठमाडौँ | नेपालमा युटुवबाट पैसा कमाउनेको संख्या हजारौं छन्, जसबाट हजारौंले युटुवमा भिडियो हालेर आर्थिक मुनाफा कमाईरहेका छन् । 

युटुव विश्वकै नम्बर एक अनलाइन भिडियो सञ्जाल हो । यसमा करिब अरवौंले दैनिक भिडियो हेर्छन् । जसको हेराईबाट युटुवले पैसा कमाउँछ । त्यसैको प्रतिशत उत्पादले पाउँछ । नेपालमै पनि दैनिक कयौं युटुवमा भिडियो अपडेट गर्नेहरु छन् । जसले अपडेट गरेका कुरा प्रयोगकर्ताले हेर्दा त्यस भिडियोमा देखाउने बिज्ञापनबापत पैसा आर्जन हुन्छ । 

यसैबीचमा युटुवले प्रयोगकर्तालाई भिडियो हेर्ने सुविधा दिएबापत त्यसमा आउने बिज्ञापनले भिडियो उत्पादक तथा आफैलाई आर्थिक कमाई बाडफाड गर्छ । 

मिड रोल एडमा नयाँ अपडेट


युटुवको भिडियो हेर्दै जाँदा बीच/बीचमा आउने विज्ञापननै 'मिडरोल एड' हो । यस्तो विज्ञापन युटुब हेर्नेले १० मिनेट भन्दा बढीको भिडियोमा देख्न पाउँछन् । तर युटुवले यस्तो खाले विज्ञापनमा केहि अपडेट गरेको छ । यस अघि १० मिनेट भन्दा लामो विज्ञापनमा मात्र यस्तो एड देखाउन पाइन्थ्यो तर अब भने ८ मिनेट भन्दा बढीको भिडियोमा पनि यस्तो विज्ञापन देख्न पाइनेछ । यो नयाँ अपडेट २७ जुलाईदेखि लागु हुनेछ ।

युटुवको पछिल्लो अपडेटले भिडियो उत्पादकलाई थप कमाउने अवसर दिएको छ । मिडरोल एड १० मिनेट भन्दा बढीको भिडियोमा मात्र देखाउने हुँदा भिडियो बनाउनेले १० मिनेट भन्दा बढीको भिडियो बनाउन बाध्य हुनु पर्थ्यो तर अब भने ८ मिनेट बढीको भिडियोमा पनि त्यस्तो बिज्ञापन राख्न मिल्ने भएको छ । साथै यस अघि ८ देखि १० मिनेट भित्रको भिडियो कसैले बनाएका छन् भने उनीहरुले त्यसमा नयाँ नीति अनुसार मिडरोल एड थप्न वा हटाउन सक्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!