भारतमा टिकटक ब्याण्ड: नेपाली टिकटक प्रयोगकर्तालाई यसरी पर्छ असर

Posted on: 30 Jun, 2020

असार १६, काठमाडौँ | पछिल्लो सयम निकै चर्चामा आएको सट भिडियो एप्स टिकटक भारतमा बन्द गरिएको छ । भारतमा बन्द भएसंगै यो एपले काम नगर्ने बनाउन त्यहाँमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई सरकारले अपिल समेत गरेको छ । 


सरकारले निर्देशन दिएकै भोलिपल्ट मंगलबार बिहानैदेखि त्यसको प्रभाव परेको छ। भारतीय प्रयोगकर्ताले टिकटक खोल्दा भिडियोनै लोड नहुने तथा बारम्बार सरकारी आग्रहको नोटिसहरु देखाउन थालेको छ । यससंगै भारतमा टिकटकका करोडौं प्रयोगकर्ताले टिकटक प्रयोगनै गर्न नमिल्ने स्थिति देखिएको छ । सरकारी ब्याण्डसंगै टिकटक अनस्टल हुने निश्चित छ । जसको असर नेपाली टिकटक प्रयोगकर्तामा समेत पर्ने विश्लेषण गरिएको छ । 

टिकटकमा लाखौँ फलोअर भएका नेपालीहरुको ठूलो शंख्यामा भारतीय फलोअर रहेका छन् । भारतका प्रयोगकर्ताहरुले रुचाएका टिकटक प्रयोगकर्तामा धेरै नेपाली युवतीहरु पनि पर्छन् । भारतका गीतहरुको छोटो क्लिपमा नेपालीहरुले पनि अभिनय गर्छन्, साथै डुवेट गर्छन् । जसको कारण नेपाली टिकटक प्रयोगकर्ताको भिडियोमा लाइक, कमेन्ट तथा रियाक्सनमा भारतीय प्रयोगकर्ताको ठूलो भूमिका रही आएको छ । ब्याण्ड भएसंगै करोडौंको संख्यामा भारतीय प्रयोगकर्ताले टिकटक अनइन्स्टल गर्ने निश्चित भएसंगै त्यसको असरमा नेपाली प्रयोगकर्ता पनि पर्नेछन् । 


भारतमा एकाएक लोकप्रिय बनेको टिकटक ब्याण्ड भएसंगै त्यस्तै खाले अर्को एपको विकास भारतकै आईटि कम्पनीले बनाउन सक्ने विश्लेषण समेत गरिएको छ । विश्वको जनसंख्याको ठूलो हिस्सा ओगटेको भारतका प्रयोगकर्ताको पहुँचबाट टिकटक लगायत ५९ चीनिया एपलाई टाढा राखिएपछि ब्याण्ड भएका एप बनाउने डेभलपर्सहरु समेत प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । 

केहि नेपाली आइटी प्राविधिकहरुले भारतले टिकटक ब्याण्ड गर्दा नेपालमा टिकटकको भिडियो लोड स्लो हुनसक्ने अनुमान गरेका छन् । टिकटकको भिडियो हेर्दा जुन गतिमा खुल्छ त्यसमा लोड लिनसक्ने विश्लेषण समेत गरिएको छ । भारतमा टिकटक इन्डिया नामको छुट्टै कम्पनी छ । सरकारले ब्याण्ड गरेसंगै भारतमा टिकटकको सर्भर डाउन भएको भारतीय संचार माध्यमहरुले समाचार लेखेका छन् । भारतमा सर्भर डाउन हुँदा त्यसको असर नेपालमा पनि पर्न सक्छ । 

भारतमा रहेको टिकटक इन्डियाले ट्वीटरमा पोष्ट गरेको सूचना हेर्नुहोस् 


भारतले ब्याण्ड गरेको एपहरु:

TikTok, Shareit, Kwai, UC Browser, Baidu map, Shein, Clash of Kings, DU battery saver, Helo, Likee, YouCam makeup,Mi Community, CM Browers, Virus Cleaner, APUS Browser, ROMWE,Club Factory, Newsdog, Beutry Plus, WeChat, UC News, QQ Mail, Weibo, Xender, QQ Music, QQ Newsfeed, Bigo Live, SelfieCity, Mail Master, Parallel Space, Mi Video Call – , Xiaomi, WeSync, ES File Explorer, Viva Video – QU Video Inc, Meitu, Vigo Video, New Video Status, DU Recorder, Vault- Hide, Cache Cleaner DU App studio, DU Cleaner, DU Browser, Hago Play With New Friends, Cam Scanner, Clean Master – Cheetah Mobile, Wonder Camera, Photo Wonder, QQ Player, We Meet, Sweet Selfie, Baidu Translate, Vmate, QQ International, QQ Security Center, QQ Launcher, U Video, V fly Status Video, Mobile Legends, DU Privacy

यस बिषयमा तपाइको प्रतिक्रिया...!