फेसबुकमा उत्तेजक कपडा लगाएर लाइभ गर्न नपाइने

Posted on: 21 Feb, 2020

फागुन ९, एजेन्सी | कम्बोडियामा फेसबुकमा उत्तेजक कपडा लगाएर लाइभ गर्ने तथा सामानहरुको विज्ञापन गर्ने कार्यमा रोक लगाएको छ | उत्तेजक पहिरनमा फेसबुकमा लाइभ आएर व्यापार गर्ने कार्यले देशको संस्कृतिमा आघात गरेको प्रधानमत्री  हुन सेनले बताएका छन् |

तर सरकारको यस्तो निर्णय आधारहीन भएको अधिकारीहरुको भनाई छ | कम्बोडियाको महिला आयोगलाई निर्देशन दिँदै प्रधानमन्त्री हुनसेनले भने, ‘तपाईंहरू त्यसरी लाइभ गरिरहेका महिलाहरूकहाँ जानुहोस् र उनीहरूले उत्तेजक कपडाको साटो सामान्य पहिरन नलगाएसम्म लाइभ स्ट्रिमिङ्ग बन्द गराउनुहोस् |'

यस्ता क्रियाकलापले महिलाविरुद्ध यौन दुव्र्यवहार र हिंसालाई बढावा दिएको भन्दै रोक लगाउन लागिएको हो |  एम्नेष्टी इन्टरनेशनलले कम्बोडियाका प्रधानमन्त्रीको यस्तो कदम पीडितमाथि उल्टै आक्षेप लगाउने खतरनाक कदम भएको बताएको छ |

यो निर्णयले कदमले महिलाविरुद्धको हिंसालाई बढावा दिने र लैंगिक हिंसाबाट बचेकाहरूलाई पिडा दिने उनको भनाई छ | सन् २०१३ मा राष्ट्रसंघले गरेको एक अध्ययन अनुसार २० प्रतिशत कम्बोडियाली पुरुषहरूले आफूले महिलामाथि बलात्कार गरेको बताएका छन् | कम्बोडियामा बलात्कारका घटना भने सबैभन्दा बढी हुनेगरेका छन | तर सरकारको यस्तो कदमप्रति सरोकारवालाले भने विरोध जनाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!