ओपोले ल्यायो ‘भ्यालेन्टाइन–डे’का लागि ओपो एनाइन २०२०,के-के छन् फिचर्स ?

Posted on: 10 Feb, 2020

माग २७, काठमाडौँ | नजिकिदै गरेको ‘भ्यालेन्टाइन–डे’मा उपहार दिनका लागि ओपोले  एनाइन २०२० ल्याएको छ | स्मार्ट फोन कम्पनि ओपोले यूवावर्गलाई लक्षित गर्दै ४८एमपी क्वाड क्यामेरा रहेको ओपो एनाइन २०२० ल्याएको हो |

ओपो एनाइन २०२०मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा + ८एमपी अल्ट्रा(वाइड लेन्स + २एमपी मोनो लेन्स + २ एमपी पोट्रेट लेन्स जडान गरिएको छ | अल्ट्रा नाइट मोड २.० जडान गरिएको यस स्मार्टफोनबाट छोटा भिडियो क्लिपका लागि बटन क्लिक गरेकै भरमा आकर्षक कन्टेन्ट बनाउन सकिन्छ |


ओपो एनाइन २०२०मा आकर्षक लुक्स ३१.४ प्रतिशतले कम क्षेत्रफल ओगट्ने नयाँ कम्प्याक्ट वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ। यसमा रहेको ६.५ ईञ्चको फुल स्क्रिनमा ८९% स्क्रिन टू बडी रेसियाका साथमा कोर्निङ गोरिल्लाग्लास सहित थ्रीडी ग्राडियण्ट डिजाएनको प्रयोग गरिएको छ |

यसमा १९ घण्टा लगातार प्रयोग गर्न सकिने गरी ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ | ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म दिइएको छ | फोनमा एण्ड्रोइड ९.०मा आधारित कलरओएस ६को प्रयोग गरिएको छ। यसले ताजा दृष्यानुभुतिदिनुका साथै लामो समयसम्मको निरन्तर प्रयोग गर्दा समेत आरामदायी अनुभव प्रदान गर्छ | फोनमा १२८जीबी उच्च मेमोरी क्षमता र २ सय ५६ जीबी मेमोरी सपोर्ट गर्ने थ्री(कार्ड (डुअल सिम + माइक्रोएसडी) स्लट पनि उपलब्ध छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!