चिनियाँ राष्ट्रपतिसँग फेसबुकले माफी माग्यो, के गल्ति छ फेसबुकको ?

Posted on: 20 Jan, 2020

माघ ६, एजेन्सी | फेस्बुकले चिनियाँ राष्ट्रपति सि-चिनफिङसँग माफी मागेको छ | म्यानमारमा दुई दिने भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङले शनिबार राष्ट्रपति सिले म्यानमारकी नेतृ आङसाङ सूचीसँग भेटवार्ता गरेका छन् | 

भेटवार्ता पछि नेतृ सूचीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा बर्मेली भाषामा भेटको खबर पोस्ट गरिन | उनले राष्ट्रपति सिलाई सम्बोधन गर्दै गरेको उक्त पोस्टमा सिको अंग्रेजी अनुवाद भने अर्कै भएको थियो | फेसबुकले बर्मेली भाषमा लेखिएको सिलाई अंग्रेजीमा शितोले बनेको छ |

फेसबुकका प्रवक्ता एन्डी स्टोनले बर्मेली भाषाबाट अंग्रेजीमा गलत अनुवाद प्रविधिक कारणले भएको भन्दै उक्त समस्या समाधान भइसकेको बताएका छन् | उनले भनेका छन्,‘यस्तो हुनुहुँदैनथ्यो | यो गल्ती फेरि नदोहोरिने गरी सुधार गरिएको छ |'

सि को नाम डाटाबेसमा नराखेकोले यो गल्ती भएको  भन्दै फेसबुकले माफी मागेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!