विश्वको सबैभन्दा सानो स्मार्ट फोन सार्वजनिक,यस्ता छन् विशेषता

Posted on: 13 Jan, 2020

पुस २८, एजेन्सी | विश्वको सबभन्दा सानो थ्रिजी स्मार्टफोन जिनी मोबाइल्सले सार्वजनिक गरेको छ | कम्पनीले ‘जान्को टाइनी टी २’ मोडलको स्मार्टफोन  सार्वजनिक गरेको हो | जुन जान्को टाइनी टी १ को अपग्रेडटेड भर्जन हो |भर्जन हो |

उक्त फोनको २.४ इञ्च लम्बाइ, १.८ इञ्च चौडाइ र ०.६५ इञ्च मोटाइ | त्यस्तै उक्त फोनमा क्यामेरासहित अन्य १४ फिचर्स पनि राखिएको छ | फोन अमेरिकाबाट सार्वजनिक गरिएको हो | कम्पनीको आधिकारिक वेबसाइटबाट फोन बुक गर्न सकिने कम्पनीले जनाएको छ |

फोनबाट राम्रो फोटोग्राफी तथा भिडिओ खिच्न सकिने कम्पनीको दाबी छ | मोबाइलमा फन्ट तथा रियल क्यामेरा राखिएको छ। यस्तै, एफएम रेडियो, अर्लाम, क्यालेन्डर, एमपिथ्री लगायतका फिचर पनि फोनमा छन्। यसमा बोलेरै म्यासेज टाइप गर्न सकिने फिचर पनि समावेश गरिएको छ।

एक पटक चार्ज गरिसकेपछि सात दिन सम्म चल्नसक्ने कम्पनीले बताएको छ | उक्त फोनमा ३२ जिबीको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ। यसले गर्दा खिचिएको फोटो तथा भिडिओ सजिलै एसडी कार्डबाट अर्को फोनमा सार्न सकिने कम्पनीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!