स्मार्टफोन भन्दा १६७ गुणा बढी आइफोन प्रयोगकर्ता ह्याकरको निसानामा

Posted on: 30 Dec, 2019

पुस १४, एजेन्सी | एक अध्ययनका अनुसार पछिल्लो समय आइफोन ह्याकरको निसानामा परेको छ | आइफोन अन्य मोबाइल भन्दा बढी असुरक्षित भएको छ | बेलायतका अनुसन्धानकर्ताले गरेको एक अध्ययनका अनुसार उक्त तथ्य सार्वजनिक गरेको हो |

अनुसन्धानका अनुसार स्मार्टफोन प्रयोगकर्ताको तुलनामा १६७ गुणा बढी आइफोन प्रयोगकर्ता ह्याकरको निसानामा रहेको देखिएको छ | ह्याकरहरुले आइफोन ह्याक गर्न बढी सोच्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ |

प्रत्येक महीना गुगल सर्चमा गरिएको अध्ययन अनुसार उक्त तथ्यांक लिइएको हो | उक्त अनुसन्धानमा ह्याकरले कसरी विभिन्न ब्रान्डका स्मार्टफोन ह्याक गर्न खोजिरहेका छन् भन्ने अध्ययन गरिएको थियो |

उक्त अनुसन्धान अनुसार बेलायतमा १० हजार ४० आइफोन प्रयोगकर्तालाई ह्याकरले टार्गेट बनाएको भेटिएको थियो | जुन अर्को स्मार्टफोन सामसुङ भन्दा निकै कम हो | ह्याकरले जम्मा ७ सय सामसुङ मोबाइल प्रायोगकर्तालाई टार्गेट बनाएको रिसर्चमा देखिएको छ |

र ह्याकरले एलजी, नोकिया र सोनी जस्ता स्मार्टफोनलाई भने ह्याक गर्न नचाहेको अनुसन्धानमा देखिएको छ | आइफोनले भने गत अगस्टमा आइफोन झनै बढी सुरक्षीत बनाएको दाबी गर्दै आएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!