फेस्बुकले ल्यायो नयाँ नियम : म्यासेन्जरमा खाता खोल्न फेसबुक अकाउन्ट अनिवार्य

Posted on: 29 Dec, 2019

पुस १३, एजेन्सी | सामाजिक संजाल फेसबुकको  म्यासेन्जर तथा म्यासेन्जर लाइट एपमा खाता खोल्न फेसबुक अकाउन्ट अनिवार्य चाहिने भएको छ | हाल सम्म फेसबुकमा फोन नम्बरबाट समेत साइन अप गर्न सकिने भएपनि अब देखि यू सुविधा नहुने भएको छ | जसको लागि अब म्यासेन्जरमा नयाँ अकाउन्ट खोल्नका लागि आफ्नो फेसबुक अकाउन्टसँग म्यासेन्जरलाई जोड्नै पर्ने कम्पनीले जनाएको छ |

यो नियम  म्यासेन्जरका नयाँ प्रयोगकर्ताका लागि मात्रै रहेको कम्पनीले बताएको छ | घिनै फोन नम्बरको सहयोगमा म्यासेन्जरमा खाता खोलेका प्रयोगकर्ताहरू लाई यसबाट केहि प्रभाव पर्ने छैन | फेस्बुकका अनुसार आफ्ना मुख्य एपहरू फेसबुक, म्यासेन्जर, ह्वाट्सएप तथा इन्स्टाग्रामलाई एकीकृत गर्ने योजना बनाइरहेको  छ |  

फेस्बुक्ले लागु गरेको उक्त नयाँ नियम सोही योजनाको एक भाग रहेको अनुमान गरिएको छ | अहिले ह्वाट्सएपका प्रयोगकर्ता डेढ अर्ब छन् भने मेसेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ता क्रमशः १ अर्ब ३० करोड र १ अर्ब रहेको फेस्बुक्ले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!