३० करोडको आइफोन ह्याक गरेर एप्पलसँग फिरौती माग

Posted on: 25 Dec, 2019

पुस ९, एजेन्सी | २२ वर्षीय एक ह्याकरले अमेरिकि कम्पनि आइफोन संग फिरौती मागेका छन् | उनले ३० करोडको आइफोन ह्याक गरेर कम्पनीलाई फिरौती मागेका हुन् | ति ह्याकरले आइफोनहरूका सम्पूर्ण डाटा डिलिट गरिदिने अर्थात् फ्याक्ट्री रिसेट गरिदिने भन्दै धम्की दिएका थिए |

टर्किस क्राइम फेमिलीनामक ह्याकिङ्ग ग्रुपका सदस्य केरेम अलबायरक करोडौँ आइफोन रिसेट गरिदिने भन्दै एप्पलसँग क्रिप्टोकरेन्सीका रुपमा ७५ हजार डलर वा १ लाख डलर बराबरको आइट्यून्स गिफ्ट कार्ड फिरौती मागेका थिए |

कम्पनीले ह्याकरका बिरुद्धमा अमेरिकाको कानून प्रवर्तन एजेन्सी तथा नेसनल क्राइम एजेन्सीमा उजुरी गरेको थियो | त्यसपछि ह्याकर लण्डनस्थित आफ्नै घरबाट पक्राउ परे | उनीसँग केही स्मार्टफोन, कम्प्युटर र हार्ड ड्राइभ बरामद गरिएको थियो | दालतले उनलाई ६ महिनाको इलेक्ट्रोनिक्स कफ्र्युको पनि आदेश गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!