ओपोले सार्वजनिक गर्यो लोकप्रिय स्मार्ट फोन, यस्तो छ मूल्य र विशेषता

Posted on: 17 Dec, 2019

पुस १, काठमाडौँ | नेपालमा सबैभन्दा बढीमन पराइएको ए सिरिज अन्तर्गतको, ए नाइन २०२० फोनलाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ | नजिकिँदै गरेको क्रिशमस र न्यूईयरलाई लक्षित गर्दै कम्पनीले नयाँ फोन ल्याएको हो |

ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनमा गेमिङ तथा मल्टिटास्किङमा सहजताका लागि स्न्यापड्रागन ६६५ मोबाइल प्ल्याटफर्म जडान गरिएको छ। यसमा ८ जीबी र्‍यामका साथमा १ सय २ जिबी आन्तरिक सञ्चय क्षमता उपलव्ध छ। यसमा रहेको ११एनएम प्रोसेसरले गेमिङका लागि उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्ने र उर्जा खपतमा समेत टेवा पुर्‍याउने कम्पनीले बताएको छ |

एफ/१.८ एपर्चरसहित ४८एमपी लेन्स र १ सय १९ डिग्री फिल्ड अफभ्यू दिने अल्ट्रा वाइड ८ एमपी लेन्स पनि उपलब्ध छ | त्यस्तै व्याट्री क्षमता ५ हजार एमएएचको छ। लगातार एचडी भिडियोको मज्जा लिँदा समेत फोनको ब्याट्री ११ घण्टासम्म टिक्ने कम्पनीले जनाएको छ |

ओपो एनाइन २०२०को भ्यानिला मिन्ट एडिसनका बारेमा बोल्दै, ओपो नेपालका प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘अत्याधुनिक स्पेसिफिकेसन्स र आकर्षक मूल्यका कारण ओपो एनाइन २०२०ले नेपालमा निकै लोकप्रीय बनेको छ। यस अन्तर्गत भ्यानिल मिन्ट एडिसनले उपभोक्तामा थपन जिकहुन सघाउ पुग्नेछ।’

कम्पनीले ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनको मूल्य ३३ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ। मरिन ग्रिन र स्पेस पर्पल रंगमा पनि फोन उपलब्ध छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!