धेरै मेसेज पठाउने ह्वाट्सएप अकाउन्ट माथि कारबाही हुने

Posted on: 15 Dec, 2019

मंसिर २९, एजेन्सी | मेसेजिङ एप ह्वाट्सएपले  एकै पटकमा धेरै जनालाई मेसेज पठाउने प्रयोग कर्तालाई अकाउन्ट बन्द गर्ने भएको छ | तिब्र रुपमा ग्रुप बनाउने ह्वाट्सएप अकाउन्टमाथि पनि कारबाही गर्ने कम्पनीले जनाएको छ | तत्कालका लागि सामान्य प्रयोगकर्ताहरु यो नियमबाट प्रभावित नहुने जनाइएको छ | कम्पनीले यो नियम बिजनेस कम्पनीला लागि लागु गरेको हो | केहि समयमै धेरै मेसेज पठाउने अकाउन्टलाई बन्द गर्ने जनाइएको छ |

स्पाम मेसेज रोक्नका लागि यस्तो नियम लागु गरिएको ह्वाट्स एप्ले जनाएको छ | एपका अनुसार  गत डिसेम्बर ७ देखि यो नियम लागू गरिसकिएको छ | केही महिना अघि ह्वाट्सएपले स्पाम तथा बल्क मेसेजमा लगाम लगाउनका लागि बल्क मेसेज फरवार्डिङलाई बन्द गरेको थियो |

जसअनुसार प्रयोगकर्ताले एक पटकमा केवल पाँचजना साथीलाई मात्र मेसेज फरवार्ड गर्न सक्दछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!